April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

‘मायावी’बाट फिल्म निर्माणमा राज

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १५:१८
‘मायावी’बाट फिल्म निर्माणमा राज

राज कटुवाल अब फिल्म निर्माणमा समेत अगाडि बढ्ने

 

अभिनेता राज कटुवाल अब फिल्म निर्माणमा समेत अगाडि बढ्ने भएका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘मायावी’बाट उनले निर्माताको परिचय थप्न लागेका हुन् । फिल्ममा उनको अभिनय भने रहने छैन । निर्देशक भट्टराई र राजबीच फिल्म निर्माणमा सहकार्य हुनेछ । राजले फिल्मको कथावस्तु एकदमै मन परेकाले निर्माताको रुपमा जोडिएको जानकारी गराए ।

फिल्म ‘लाल्टिन’बाट डेब्यू गरेका उनी सन् २०१७ मा आएको फिल्म ‘लीला’पछि अभिनयबाट टाढा छन् । यस वर्ष आफ्नै निर्माणमा बन्न लागेको फिल्म ‘राजा’बाट अभिनयमा कमब्याक गर्ने उनको तयारी छ । चलचित्र विकास बोर्डको सदस्यको रुपमा कार्यकाल विताइसकेका उनले आधा दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका छन्, जसमध्ये ‘मेसो मिलाएर’ गीत हिट भएको थियो ।

असोज २ गतेबाट छायांकनमा जान लागेको ‘मायावी’मा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला र मोडल समिम खानको मुख्य भूमिका रहनेछ । समिमले यही फिल्मबाट डेब्यू गर्न लागेका हुन् । फिल्ममा निर्देशक भट्टराई स्वयंको लेखन छ । क्रिएटिभ सिने आर्टसको ब्यानरमा निर्माण हुने फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

  • साझा परिवेश
  • बिहिबार, भदौ २८, २०८० १५:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट