May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

मुख्यमन्त्री कार्कीको गाडी तोडफोड गरेको आरोपमा पहिचानवादी नेता चौधरीमाथि पाँच दिन म्याद थपेर अनुसन्धान

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १0:३४
मुख्यमन्त्री कार्कीको गाडी तोडफोड गरेको आरोपमा पहिचानवादी नेता चौधरीमाथि पाँच दिन म्याद थपेर अनुसन्धान

मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका चौधरीलाई पाँच दिनको म्याद थप गरी अभद्र मुद्दामा अनुसन्धान बढाइएको हो । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा ८ स्थित घरबाटै मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मंगलवार दिउँसो दमकमा पहिचान पक्षधरहरूको समूहले ढुङ्गा प्रहार गरेको थियो ।

कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको डीएसपी रिजालले बताए । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाले हिजो निमित्त प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपाललाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका चौधरीलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ । समितिका सहसंयोजक राजा आङथुपो लिम्बूको नेतृत्वमा गएको पहिचानवादीहरूको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा २४ घण्टाभित्र बिनाशर्त रिहाइ नगरे आन्दोलनलाई चरणबद्ध रुपमा सशक्त अघि बढाउने चेतावनी दिइएको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट