April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

छुट्टै छलफलमा शेखर-गगन समूह

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० ११:0९
छुट्टै छलफलमा शेखर-गगन समूह
  • कांग्रेसको शेखर-गगन समूहको अलग्गै छलफल
  • केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने

काठमाडौं ।।

केन्द्रीय समितिको बैठकका एजेन्डाका विषयमा नेपाली कांग्रेसको शेखर–गगन समूहले अलग्गै छलफल गरेको छ । काठमाडौंको विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा सोमबार बिहान संस्थापन इतर समूहका नेताहरुबीच छलफल भएको हो ।

केन्द्रीय समितिको बैठकका एजेन्डाबारे छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो बोलाएको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल केन्द्रित रहेको एक नेताले बताए ।

केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेस सभापति देउवाले आज दिउँसो दुई बजे आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बोलाएका छन् । यो बैठकले मंगलबार (साउन २ गते) बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्ने नेताहरुले बताएका छन् ।

सोही बैठकमा कसरी प्रस्तुत हुने र कुन-कुन विषयलाई एजेन्डा बनाउने भन्नेबारे शेखर-गगन समूहले साझा धारणा बनाउन लागेको हो ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक गत असार २७ गते बस्ने तयारी गरिए पनि तयारी नपुगेको भन्दै साउन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० ११:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।