April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको? 

हेटौँडाका अस्पतालहरूमा आकस्मिक बाहेकको सेवा बन्द

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:१९
हेटौँडाका अस्पतालहरूमा आकस्मिक बाहेकको सेवा बन्द

हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

हेटौँडा अस्पतालका सूचना अधिकारी राजीव झाले चिकित्सकमाथि भएको दुर्व्यवहार विरोधमा शुक्रवार अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिए । यता नागरिक अगुवा र मानव अधिकारकर्मीहरुले भने स्वास्थ्य संस्था बन्द गर्नु अमानवीय भएको भन्दै तत्काल वार्ताबाट समाधान खोज्न सुझाव दिएका छन् ।

डुङ्गेको लक्षण देखिएर सन्चो अस्पतालमा उपचारका लागि आएका हेटौँडा उपमहानगरपालिका १२ स्थित पदम पोखरीका राजेश प्रधानको चितवनस्थित अस्पतालमा उपचारको क्रममा गत साउन २५ गते मृत्यु भएको थियो । उपचारमा संलग्न स्वास्थ्यकर्मी र अस्पतालको लापरबाहीले प्रधानको मृत्यु भएको भन्दै उनका आफन्तले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए ।

चिकित्सामाथि कुटपिटमा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले मृतक श्रेष्ठका श्रीमती, छोरा, छोरी र भतिजलाई बिहीबार नै नियन्त्रणमा लिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट