May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

दीपक मनाङेले गरे परिषद् सदस्य पद अस्वीकार

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:१९
दीपक मनाङेले गरे परिषद् सदस्य पद अस्वीकार

काठमाडौँ । राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् सदस्यमा गरेको मनोनयनप्रति असन्तुष्टि जनाउँदै उक्त पद अस्वीकार गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय समिति बैठकको निर्णय अनुसार हालै जारी गरेको अपानीमा मनाङेलाई केन्द्रीय परिषद् सदस्यमा मनोनीत गरेको उल्लेख छ ।

तर मनाङेले सामाजिक सञ्जाल फेसबुकमा उक्त पदप्रति असन्तुष्टि जनाउँदै अस्वीकार गरेको घोषणा गरेका छन् ।  ‘एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाइ दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ’, मनाङेले भनेका छन् । यसअघि रामकुमारी झाक्री, राजु गुरुङलगायतले पनि कार्य विभाजनप्रति असन्तुष्टि जनाएका छन् ।

मनाङेले फेसबुकमा यस्तो लेखेका छन् :

नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार मलाइ केन्द्रीय परिषद्को सदस्यमा मनोनीत गरेको भन्ने सूचना प्राप्त भयो । यो निर्णय र जिम्मेवारी मसँग सल्लाह गरी गरिएको होइन । जनताबाट निर्वाचित जनप्रतिनिधिहरू जनतासँग उत्तरदायी हुन्छन्, धेरै समय जनतासँग प्रत्यक्ष जोडिएका कामहरू र संसदीय कामकाजमा व्यस्त हुनुपर्दछ । जसका कारण पार्टीका काममा समय दिन नभ्याइने पनि हुनसक्छ । 

एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाइ दिइएको जिम्मेवारी स्वीकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ । युवाहरूलाई अगाडी बढाउने कुरामा मेरो सधैँ समर्थन रहन्छ ।

एक व्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० १६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट