September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

शेखर कोइरालासहित नेताहरू बैठक बस्दै

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:५८
शेखर कोइरालासहित नेताहरू बैठक बस्दै
  • डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज बस्दै
  • प्रदीप पौडेल भने बैठकमा उपस्थित नहुने
  • आजै उनी चीन  जाने भएकोले उपस्थित हुन नभ्याउने 

काठमाडौं ।।

नेपाली कांग्रेसका संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षका नेताहरूको बैठक आज बस्दै छ । महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बैठकमा बोलाइएको छ । विश्व-प्रदीपलाई समूहमा भित्र्याउने उद्देश्यले बैठक डाकिएको नेता शेखर निकटका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

तर, प्रदीप पौडेल भने बैठकमा उपस्थित नहुने भएका छन् । आजै उनी चीन  जाने भएकोले उपस्थित नहुने भएका हुन् ।१४औं महाधिवेशनपछि विश्व-प्रदीपसहितको बैठक शेखरले पहिलो पटक गर्न लागेका हुन् ।

शेखर-गगन समूहमा विश्व-प्रदीपलाई भित्र्याउनका लागि उक्त पक्षका केही नेताहरुले सक्रियता देखाइरहेका थिए । केन्द्रीय समिति बैठकअघि विश्व-प्रदीपलाई सहभागी गराएर संस्थापनइतरले छलफल गर्न लागेको छ ।

बैठक आज शेखरको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने गरी बोलाइएको छ । बैठकका शेखर-गगन पक्षका केन्द्रीय सदस्यहरु पनि सहभागी हुने उक्त समूहका एक नेताले जानकारी दिए ।साउनको केन्द्रीय समितिको बैठकअघि उक्त समूहको बैठक बस्न सकेको थिएन ।

केही दिनअघि विश्व-प्रदीप सहितको बैठक नेता अर्जुननरसिंह केसीले बोलाएका थिए । उक्त बैठकले नेता शेखरसँग परामर्श गरेर विश्व-प्रदीपसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्