July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

नामिबियासँग नेपाल दुई विकेटले हार्‍यो

  • साझा परिवेश
  • बुधबार, फाल्गुन ९, २०८० १५:२९
नामिबियासँग नेपाल दुई विकेटले हार्‍यो

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो । विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो । यसअघि पनि नामिबियाले नै नेपाललाई चार विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुनुअघि एक सय ६८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाले भने ४० ओभरमा आठ विकेट गुमाएर एक सय ७२ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

नामिबियाको जितमा कप्तान जेरहार्ड अर्समसले ५२ रनको योगदान गरे । जोहानेश जोनाथन स्मितले अविजित ३४ रन बनाए । उनले ६६ बलमा दुई छक्का र एक चौका पनि हिर्काए । माइकल भान लिंगेनले ३१ रन जोडे । बेनार्ड स्कोल्ज आठ रनमा अविजित रहे ।

नामिबियाले अतिरिक्त रुपमा पाँच रन पाएको थियो । नेपाली टोलीका बलर कुशल भुर्तेलले तीन विकेट लिए । उनले पाँच ओभरमा २८ रन खर्चिए । कुशल मल्ल, ललित राजवंशी, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले पनि एक–एक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको नेपालका लागि भने आसिफ शेखले अर्धशतकीय पाली खेलेका थिए । पेभेलियन फर्किनुअघि उनले ५८ रन बनाए । कुशल मल्लले ३६ रन जोडे । भीम सार्कीले २६ रन बनाए । ओपनर कुशल भुर्तेलले १८ र तल्लो क्रमका ब्याट्सम्यान केरण केसीले १२ रन जोडे ।

नेपाली टोलीका अधिकांश ब्याट्सम्यानले नामिबियाविरुद्ध गतिलो प्रदर्शन गर्न सकेनन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै तीन प्रभावशाली विकेट गुमाएको नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । नामिबियाका बलर बेनार्ड स्कोल्ज र जन निकोल लफ्टी एटनले चार–चार विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको नामिबियाले पहिलो विकेटका रुपमा ओपनर निकोलस डाभिनलाई गुमाएको थियो । उनी आठ रनको व्यक्तिगत स्कोरमा रन आउट भएका थिए । १.४ ओभरमा निकोलस आउट हुँदा नामिबियाले केवल १० रन बनाएको थियो ।

नामिबियाले दोस्रो विकेटका रुपमा ओपनर जिन पियर कोट्जीलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनको विकेट नेपालका कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले उनलाई बोल्ड गरेका हुन् । ४.१ ओभरमा उनी आउट हुँदा नामिबियाले १७ रन बनाएको थियो ।

नामिबियाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । कुशलले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान माइकल भान लिंगेनलाई ३१ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । पेभेलियन फर्किनुअघि माइकलले ३४ बलमा दुई छक्का र चार चौका पनि हिर्काएका थिए । १२.१ ओभरमा माइकल आउट हुँदा नामिबियाले ६९ रन बनाएको थियो ।

नामिबियाको चौथो विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । दीपेन्द्रले नामिबियाका पाँचौँ नम्बरका ब्याट्सम्यान जन फ्राइलिंकलाई चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । १७.३ ओभरमा जन फ्राइलिंक आउट हुँदा नामिबियाले चार विकेट गुमाएर ८६ रन बनाएको थियो ।

नामिबियाको पाँचौँ विकेट कुशल भुर्तेलले लिएका थिए । कुशल भुर्तेलले नामिबियाका कप्तानसमेत रहेका चौथो नम्बरका ब्याट्सम्यान जेरहार्ड अर्समसलाई ५२ रनको ब्यक्तिगत स्कोरमा करण केसीद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि जेरहार्डले ५६ बलमा दुई छक्का र आठ चौका पनि प्रहार गरेका थिए । २२औँ ओभरको अन्तिम बलमा जेरहार्ड आउट हुँदा नामिबियाले एक सय तीन रन बनाएको थियो ।

नामिबियाको छैटौँ विकेट पनि कुशल भुर्तेलले लिएका थिए । कुशल भुर्तेलले नामिबियाका सातौँ नम्बरका ब्याट्सम्यान जन निकोल लफ्टी एटनलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि जन निकोलले पाँच रन बनाएका थिए । २८.४ ओभरमा जन निकोल आउट हुँदा नामिबियाले एक सय १८ रन बनाएको थियो ।

नामिबियाको सातौँ विकेट ललित राजवंशीले लिएका थिए । उनले नामिबियाका आठौँ नम्बरका ब्याट्सम्यान जेन ग्रिनलाई ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । ३४.२ ओभरमा ग्रिन आउट हुँदा नामिबियाले एक सय ४२ रन बनाएको थियो । त्यतिबेला नामिबियालाई जितका लागि ९४ बलमा २७ रन आवश्यक थियो ।

नामिबियाको आठौँ विकेट कुशल भुर्तेलले लिएका थिए । उनले नामिबियाका नवौँ नम्बरका ब्याट्सम्यान रुबेन ट्रमपेलम्यानलाई १६ रनको ब्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । ३९.१ ओभरमा रुबेन आउट हुँदा नामिबियालाई जितका लागि पाँच रन आवश्यक थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १६ बलमा तीन चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका थिए । ६.२ ओभरमा उनी आउट हुँदा नेपालले ३८ रन बनाएको थियो । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा तेस्रो नम्बरका ब्याट्सम्यान अनिल शाहलाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । ६.४ ओभरमा उनी आउट हुँदा नेपालले ३८ रन बनाएको थियो । उनलाई पनि स्कोल्जले नै कप्तान जेरहार्ड अर्समुसद्वारा क्याच गराएका थिए ।

नेपालले तेस्रो विकेटका रुपमा देब खनाललाई गुमाएको थियो । यू–१९ राष्ट्रिय टोलीका कप्तानसमेत रहेका उनले खातासम्म खोल्न सकेनन् । आठौँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका देबलाई नामिबियाका बलर ज्याक ब्रासेलले विकेटकिपर जेन ग्रिनद्वारा क्याच गराएका थिए ।

नेपालले चौथो विकेटका रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी ५८ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ६४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । १९.५ ओभरमा उनी आउट हुँदा नेपालले एक सय रन बनाएको थियो ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले एलबीडब्लूको धरापमा पारेका थिए । त्यसअघि उनले १६.५ ओभरमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले ५५ बलमा एक छक्का र आठ चौकाको मद्दतले आफ्नो अर्धशतक पुरा गरेका थिए ।

नेपालले पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । रोहित खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर जन निकोल लफ्टी एटनले स्कोल्जद्वारा क्याच गराएका थिए । २३.२ ओभरमा रोहित आउट हुँदा नेपालले एक सय १० रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । कुशल ३६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ५२ बलमा तीन छक्का र एक चौका पनि प्रहार गरेका थिए । उनलाई जेरहार्ड अर्समुसले ज्याक ब्रासेलद्वारा क्याच गराएका थिए । २६.३ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय २४ रन बनाएको थियो ।

घरेलु टोलीले सातौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई ६ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । नामिबियाका बलर एटनले दीपेन्द्रलाई विकेटकिपर ग्रिनद्वारा स्टम्पिङ गराएका थिए । ३३.२ ओभरमा दीपेन्द्र आउट हुँदा नेपालले एक सय ५१ रन बनाएको थियो ।

नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी चार रन बनाउँदै आउट भएका थिए । उनलाई एटनले निकोलस डाभिनद्वारा क्याच गराएका थिए । ३३.५ ओभरमा सोमपाल आउट हुँदा नेपालले एक सय ५५ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी ३६ बलमा तीन चौकाको मद्दतले २६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई स्कोल्जले बोल्ड गरेका थिए । ३५औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय ६१ रन बनाएको थियो ।

घरेलु टोलीले अन्तिम विकेटका रुपमा करण केसीलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । करणले १२ बलमा एक छक्का र एक चौका हिर्काएका थिए । उनलाई एटनले माइकल भान लिगनेद्वारा क्याच गराएका थिए ।

आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ मा नेपालले तेस्रो खेल खेलेको हो । आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो ।

तीन खेल खेलेको नामिबिया दुई जित र एक हारबाट चार अंक बटुल्दै तालिकाको पहिलो स्थानमा उक्लिएको छ । समान खेलबाट दुई अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । नेपालले एक जित र दुई हारको नतिजा निकालेको छ । दुई खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ ।

लिग–२ को यो दोस्रो संस्करण हो । लिग–२ शृंखला सन् २०२७ सम्म चल्नेछ । लिग–२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्रमात्र सहभागी थिए । लिग–२ शृंखला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो ।

सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ । यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नाबियार र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् । यसअघि सम्पन्न आईसीसी क्रिकेट वल्र्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग–२ मा थपिएको हो ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन ९, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्