May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

रेखा र दीपाश्रीसहित ११ जनालाई सम्मान गर्ने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:0७
रेखा र दीपाश्रीसहित ११ जनालाई सम्मान गर्ने
  • ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा
  • चलचित्रकर्मी कल्याण कोष संचालन समितिलाई पुरस्कार प्रदान गरिने
  • बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै

काठमाडौं ।।

संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा गरेको छ । बोर्डले सोमबार विज्ञप्ति जारी गर्दै ती चलचित्रकर्मीलाई ‘सांस्कृतिक रुपान्तरण पुरस्कार २०८०’ प्रदान गर्ने घोषणा गरेको हो ।

मदनकृष्ण श्रेष्ठ, विजयरत्न तुलाधर, मिथिला शर्मा, दयाराम दाहाल, मुकुन्द किशोर भट्टराई, श्याम सापकोटा, रेखा थापा, दीपाश्री निरौला, मनोज पण्डित, मीनबहादुर भाम र चलचित्रकर्मी कल्याण कोष संचालन समितिलाई पुरस्कार प्रदान गरिने जनाइएको छ ।

मंगलबार बोर्डमा आयोजना हुने संविधान दिवस समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुरस्कार वितरण गर्ने बोर्डले जनाएको छ ।

गत भदौ १२ गते बोर्डले राष्ट्रपति कार्यालयमा ३५ जना चलचित्रकर्मीलाई विशेष सम्मान प्रदान गरेको थियो । त्यतिबेला व्यवसायिकरुपमा सफल फिल्म बनाउने निर्माता, अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त फिल्ममेकर लगायतलाई बेवास्ता गरिएको आरोप लागेको थियो । उक्त आरोपलाई सन्तुलन मिलाउन बोर्डले पुनः ११ जना चलचित्रकर्मीलाई सम्मान प्रदान गर्ने घोषणा गरेको विश्लेषण गरिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।