sweet bonanza
March 1, 2026 | आइतवार, फाल्गुन १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:२१
बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक

काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सेनाको हेडक्वाटर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथि प्रभुराम शर्माले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको गीतमा युवा संगीतकार राजेन्द्र बजगाइले संगीत दिएका छन् । गायिका गीता पाण्डे, गायक सुभाष तिम्सिनाको युगल स्वर रहेको गीतमा कोरस गायन नारायण थापा, रवीन्द्र लामिछाने, राज कुमार आले मगर, राजीव परियार हेमन्त रामजेली मगरको छ । गीतको संगीत संयोजना दिनेश सुनामले गरेका छन् ।

निकै कर्णप्रिय गीतको भिडियो पनि बनेको छ । भिडियोमा नेपाली सेनाद्वारा गरिएको विभिन्न साहसिक, मानवताका कार्यहरूको भिडियो फुटेज राखिएको छ । भिडियोको निर्देशन विशेष पौड्यालले गरेका हुन् । संगीतकार, गायक गायिकालाई प्रशंसा पत्र समेत वितरण गरिएको कार्यक्रममा गीतकार श्रेष्ठले नेपाली सेनाले स्थापना कालदेखिनै देशको सेवामा दिएको योगदानको चर्चा गर्न मन लागेकोले गीत लेखेको बताए ।

‘देशको संविधानले दिएको विभिन्न जिम्मेवारी बहन गर्न नेपाली सेनाले आजसम्म कुनै कसर बाँकी राखेको छैन’, उनले अगाडि भने ‘नेपाली सेनाका कर्तव्यपरायण कर्मठ सैनिकहरु तथा हाम्रा पुर्खाहरूको योगदान र बलिदानका बारेमा सबै नेपाली नागरिकको बुझाइमा एकरूपता पाइँदैन । म एक सैनिक भएको हिसाबले सधैँ यो विषयले घचघच्याई रह्यो ।’ अहिले सूचना र सञ्चारको युग भएकोले नेपाली सेनाको योगदानलाई शब्द मार्फत गीतमा ल्याउन प्रेरणा मिलेको उनले धारण राखे । गीतको छायाङ्कन जीतबहादुर थापा र निरज पुडासैनी हुन् भने सम्पादन प्रकाश हुमागाई, किशोर दंगाल र रमेश विष्टले गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid