May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

१२० जनालाई सीटीईभीटीले नि:शुल्क पढाउने

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १२:२१
१२० जनालाई सीटीईभीटीले नि:शुल्क पढाउने
  • नेपाल विद्यार्थी संघबीच ८० पालिकाका १२० जनालाई छात्रवृत्ति उपलब्ध गराउने सहमति
  • ८० पालिकाका दलित, मुस्लिम, विपन्न र सीमान्तकृतलाई विशेष छात्रवृत्तिका उपलब्ध हुने
  • परिषदबाट सञ्चालित परीक्षाको ट्रान्सक्रिप्ट प्रदेश कार्यलयबाट वितरणको व्यवस्था गरिने

काठमाडौं ।।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाल विद्यार्थी संघबीच ८० पालिकाका १२० जनालाई छात्रवृत्ति उपलब्ध गराउने सहमति बनेको छ । परिषद्का तीनवटा आंगिक क्याम्पसमा पठनपाठन, खाना र आवास नि:शुल्क हुने गरी सीटीईभीटी र नेविसंघबीच सहमति भएको छ ।

विकट जिल्लाका ८० पालिकाका दलित, मुस्लिम, विपन्न र सीमान्तकृतलाई विशेष छात्रवृत्तिका उपलब्ध हुने भएको छ । छात्रवृत्ति डिप्लोमा इन फार्मेसी अध्ययन गर्नेले प्राप्त गर्नेछन् ।

आगामी आर्थिक वर्षबाट थप आंगिक शिक्षालयबाट प्रमाणपत्र नर्सिङ कार्यक्रम सञ्चालनका लागि टोली बनाइ अध्ययन गर्ने दुई पक्षबीच सहमति बनेको छ । परिषदबाट सञ्चालित परीक्षाको ट्रान्सक्रिप्ट प्रदेश कार्यलयबाट वितरणको व्यवस्था गरिने सहमति भएको छ ।

सहमतिमा परिषद्का तर्फबाट निर्देशक रामहरि देवकोटा, विनोद बडाल, टैलेन्द्र आचार्य र उप निर्देशक एकराज अधिकारीले हस्ताक्षर गरेका छन् । नेविसंघबाट परिषद् संयोजक शुसिल खड्का, सहसंयोजक कर्णबहादुर ओली, उत्तम खड्का र नेविसंघ केन्द्रीय सदस्य युङ्जोर कार्कीले हस्ताक्षर गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १२:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट