sweet bonanza
February 17, 2026 | मङ्लबार, फाल्गुन ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘बादल वर्षा बिजुलीले ’ टिकटकबाट शिखर चुम्दै

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:४४
‘बादल वर्षा बिजुलीले ’ टिकटकबाट शिखर चुम्दै
  • इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत ‘बादल वर्षा बिजुली’
  • टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइयो 
  • गत जेठमा सार्वजनिक गरेपछि टिकटकमा भाइरल बन्यो 

काठमाडौं ।।

‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ । यो तथ्यांक सेप्टेम्बरसम्मको रहेको गीतका रचनाकार करुण थापाले जानकारी दिए । उनका अनुसार टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइएको छ । ‘युट्युब सर्ट्स र अरुमा गन्ती नै छैन,’ थापाले भने ।

तर उक्त एनालिटिक्स प्लेटफर्म दास हड्सनले ‘बादल वर्षा बिजुली’भन्दा कम संख्या प्राप्त गरेको ह्यारी स्टाइलको गीत ‘एज इट् वाज’लाई शीर्ष स्थानमा राखेको छ । जब कि ह्यारी स्टाइलको उक्त गीतको इन्स्टाग्राममा रिल बन्ने संख्या ३.४ मिलियन (३४ लाख) मात्र रहेको भनिएको छ ।बढी संख्या प्राप्त गर्ने बादल वर्षा बिजुलीलाई शीर्ष स्थानमा राख्नको लागि रचनाकार थापाले उक्त एजेन्सीको ध्यानाकर्षण गराएका छन् । ‘कम संख्या पाउने शीर्षस्थानमा, सबैभन्दा धेरै पाउने तल । यो उचित देखिएन र ध्यानाकर्षण गराएको छु,’ थापाले भने ।

आनन्द कार्की र प्राश्ना शाक्यको स्वर रहेको गीतलाई सचिन सिंहले संगीत गरेका हुन् । फिल्म कर्तव्यमा समावेश यो गीतमा दिलीप रायमाझी र सज्जा मैनालीले नृत्य गरेका छन् । यो गीतलाई स्रष्टाले पुनः रेकर्ड गरेर गत जेठमा सार्वजनिक गरेपछि टिकटकमा भाइरल बनेको थियो । गीतमा विदेशीले समेत थुप्रै टिकटक भिडियो बनाएका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid