November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बाँकेमा एक कैदीको मृत्यु, १० जना घाइते

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० ११:३५
बाँकेमा एक कैदीको मृत्यु, १० जना घाइते
  • दुई समूहबीच झडप हुँदा 
  • एक कैदी युवकको मृत्यु, १० जना घाइते
  • झडप हुँदा अवस्था स्थिति तनावग्रस्त

काठमाडौँ ।। 

बाँकेमा अवस्थित बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक कैदीको मृत्यु भएको छ। गएराति डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक कैदी युवकको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।  जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार झडपमा परेर १० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

झडपमा परेर अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय भुक्तान गरिरहेका कपिलवस्तु रुद्रपुरका २१ वर्षीय सुलभ केसीको मृत्यु भएको हो। झडपमा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा परेर गम्भीर घाइते भएकाहरूको शिक्षण अस्पताल नेपालगन्जमै उपचार भइरहेको छ।

झडपको कारण खुलेको छैन। बाल सुधार गृहभित्रको अवस्था अहिले पनि तनावपूर्ण रहेको स्थानीय प्रशासनले जनाएको छ। केही दिनअघि लागूऔषध मुद्दाका केही बालकलाई सुधारगृहमा ल्याइएपछि त्यहाँ विगतदेखि बस्दै आएकाहरुले असन्तुष्टि जनाउँदै आएका थिए।

यहि विषयमा गएराति दुई समूहबीच झडप हुँदा अवस्था तनावपूर्ण बनेको हो। गएको माघमा पनि बाँकेको बाल सुधारगृहमा दुई पक्षबीच झडप, आगजनी र तोडफोड भएको थियो।  बाँकेको बाल सुधारगृहमा २ सय १६ जना कैदी छन्। जसमध्ये १ सय ६५ जना १८ वर्ष माथिका छन्। गएरातिको झडपमा संलग्न २५ जना कैदीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको छ।

एक महिनाअघि भक्तपुरको बालसुधार गृहमा पनि कैदी किशोरहरुबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो। एक साताअघि वीरगञ्जस्ति बाल सुधारगृहमा पनि तोडफोड र आगजनी भएको थियो।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्