December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिरका लागि घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:१९
स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिरका लागि घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर

२६ कात्तिक, काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागुहुने गरी विभिन्न खातामा घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ८.९७ प्रतिशत कायम गरेको छ।कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.२२ प्रतिशत ब्याज दिएको थियो । कात्तिकको तुलनामा मंसिरमा बैंकले ब्याजदर घटाएको छ ।

यसैगरी, बैंकले मंसिरका लागि १ वर्ष वा सोभन्दा बढी अवधिको संस्थागततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ५.२५ प्रतिशत सिमित गरेको छ । भने कल निक्षेपको ब्याजदर २ प्रतिशत र बचतको ब्याजदर ६।०५ प्रतिशत कायम गरेको थियो । कात्तिकमा बैंकले संस्थागततर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशत कायम गरेको थियो भने कल निक्षेपको ब्याजदर २.१३ प्रतिशत र बचतको ब्याजदर अधिकतम ६.३० प्रतिशत कायम गरेको थियो ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।