April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

उर्लाबारीका दुई अग्रज पत्रकार सम्मानित

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:0६
उर्लाबारीका दुई अग्रज पत्रकार सम्मानित

उर्लाबारी । उर्लाबारीमा दुई जना अग्रज पत्रकारलाई सम्मानित भएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघ र उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट दुई जना पत्रकार सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघबाट उर्लाबारी वडा नंं. ४ का दुर्गाप्रसाद भट्टराई र खानेपानी संघबाट उर्लाबारी–६ का दुर्गाप्रसाद खतिवडाले सम्मान पाएका हुन् ।

उर्लाबार उद्योग वाणिज्य संघले पत्रकार भट्टराईलाई ५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । उर्लाबारी नगरपालिकाका उपप्रमुख मिनादेवी पौडेल खतिवडा र संघका अध्यक्ष शेरबहादुर भण्डारीले सम्मानपत्रसहित दुवैलाई सम्मान गरेकी थिइन् । चार दशकदेखि पत्रकारिता गर्दै आएका भट्टराई न्यू पाथीभरा साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् ।

यसैगरी सञ्चार क्लब नेपाल उर्लाबारीका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट सम्मानित भएका छन् । उनी नगद १० हजारसहित सम्मानित भएका हुन् । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल र संस्थाका अध्यक्ष चिन्तामणि पौडेलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

अलकापुरी नेपाल साप्ताहिकका सम्पादक तथा प्रकाशकसमेत रहनु भएका खतिवडा पनि चार दशकले पत्रकारिता गर्दै आएका छन् ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट