sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भ्रष्टाचारीले मान्न बाध्य हुने खालको कानुन बनाउँ : सञ्चारमन्त्री शर्मा

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १७:0३
भ्रष्टाचारीले मान्न बाध्य हुने खालको कानुन बनाउँ  : सञ्चारमन्त्री शर्मा
  • बाध्यकारी कानुन निर्माण गर्न सांसदहरुलाई आग्रह
  • यो विधेयकमा गम्भिरतापूर्वक छलफल हुने
  • हामीले नेपालबाट भ्रष्टाचारको उन्मुलन गरौं

काठमाडौँ ।।  

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न सांसदहरुलाई आग्रह गरेकी छिन्। आईतवारसंघीय संसद प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार ‘दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धि छलफलमा भाग लिने क्रममा उनले सो कुरा बताएकी हुन्।

‘यो विधेयक धेरै लामो समय भइसकेछ। राष्ट्रिय सभाले पनि यहाँ १२ वटा बुँदामा संशोधन गरेको रहेछ। र, २७ जना प्रतिनिधि सभाका सदस्यहरुले यो विधेयकमा संशोधन दर्ता गराउनुभएको छ। त्यसकारणले गर्दा कैयन यहाँ राष्ट्रिय सभाबाट आइसकेका कुराहरुलाई पनि, यसको प्रतिवेदनलाई पनि सम्भवत केन्द्रबिन्दुमा राख्नुपर्छ होला,’ उनले भनिन्, ‘यो विधेयक छलफल गरिरहँदा र दफावार छलफल गरिरहँदा जुन हाम्रो नयाँ संविधान आयो, नयाँ संविधानले अख्तियारका विषयहरूलाई पनि अघि बढी स्पष्ट पार्यो , प्रष्ट पार्यो ।

ती विषयहरुलाई पनि केन्द्रित गरेर सरकारले विधेयक ल्याएको छ। विधेयक पेश भएको छ। र, यो विधेयकमा गम्भिरतापूर्वक छलफल हुनेछ भन्ने कुरा पनि म अपेक्षा गर्न चाहन्छु । र, हामी सबैले सोचेको कुरा के हो भने हामीले नेपालबाट भ्रष्टाचारको उन्मुलन गरौं भन्ने हो।’

मन्त्री शर्माले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै भ्रष्टाचार उन्मुलन गरिदिन्छ भनेर नसोचेको समेत बताइन्। उनले सो आयोगले भ्रष्टाचारका काण्डहरु खोजि दिने, कारबाहीका लागि सरकारलाई सिफारिस गरिदिने उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने काम सरकारकै भएको स्पष्ट पारिन्।  मन्त्री शर्माले राम्रो कानुन निर्माण गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने काममा राज्य व्यवस्था तथा सुशासन समितिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास समेत व्यक्त गरिन्।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid