sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसियाली खेलकुदः नेपालको प्रदर्शन निराशाजनक, अधिकांश खेल समूह चरणमै सिमित

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:२५
एसियाली खेलकुदः नेपालको प्रदर्शन निराशाजनक, अधिकांश खेल समूह चरणमै सिमित

काठमाडौं- चिनमा जारी १९ औ एसियाली खेलकुदमा चौथो दिनसम्म आइपुग्दा नेपालको प्रदर्शन निराशाजनक देखिएको छ । तेस्रो दिन हिजो भएका विभिन्न खेलमा नेपाल पहिलो चरणमै पराजित भएको छ । एसियाडमा तेक्वान्दो, जुडो, फेन्सिङ, महिला बास्केटबल, फुटबल, पौडी, उसुमा नेपालको प्रदर्शन कमजोर देखिएको छ । हिजै महिला फुटबलमा नेपाल जापानसँग ८–० गोलले पराजित हुँदै समुह चरणबाटै बाहिरिएको छ । पहिलो हाफमा ५ गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । समूह डीमा रहेको नेपालले पहिलो खेलमा भियतनासँग २–० को हार ब्यहोरेको थियो ।

त्यस्तै पदकको आशा गरिएको खेल तेक्वान्दोका विभिन्न प्रतिस्पर्धामा नेपालका स्वस्तिका तामाङ, अञ्जली तामाङ, राहुल कुमाल र प्रेमबहादुर लिम्बू पराजित भएका छन् । त्यसैगरी जुडोतर्फ मनीता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ पराजित भएका छन् । फेन्सिङमा प्रयास योञ्जन र राजेन्द्र गजुरेलको प्रदर्शन पनि राम्रो हुन सकेन । महिलातर्फ मन्दिरा थापा र गोमा आर्चाय समूह चरणबाटै बाहिरिए । त्यस्तै महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल जापानसँग २२–४ ले पराजित भएको छ । पौडीको महिला दुई सय मिटर फ्रिस्टाइलतर्फ डुवाना लामा र ५० मिटर फ्रिस्टाइलमा एलेक्सजान्डर शाह पनि हिटचरणबाटै बाहिरिएका छन् । उसुतर्फ सुस्मिता तामाङ र पासाङ शेर्पाको प्रदर्शन पनि निराशाजनक रह्यो । त्यस्तै साइक्लिङको प्रतिस्पर्धामा सुरज राना मगर र उषा खनाल निर्धारित दूरी तय गर्न नै असफल रहे ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid