May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:५४
कुटपिटको आतंकले चिकित्सक टोली हिमालमा पुगे
  • उपचारका निम्ति सातजना चिकित्सकको टोली हिमालमा पुगे
  • उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसके
  • आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गर्दै

काठमाडौं ।।

शरद् ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पदयात्राका लागि जाने पदयात्री तथा आरोहीको स्वास्थ्य उपचारका निम्ति सातजनाको चिकित्सक टोली हिमालमा पुगेको छ । हिमालय उद्धार संघले हिमाली क्षेत्रमा घुम्न जाने पदयात्री र साना हिमालका लागि गएका आरोहीको स्वास्थ्य जाँचका लागि मनाङ र सोलुखुम्बुमा चिकित्सकको टोली पठाएको हो । संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द बस्यालले मनाङको मनाङगाउँ स्वास्थ्यचौकीमा चार र सोलुखुम्बुको फेरिचे स्वास्थ्यचौकीमा तीन चिकित्सक पठाइएको जानकारी दिए । उक्त टोलीले हिमालमा पुगेर स्वास्थ्य सेवाको काम सुरु गरिसकेको छ ।

स्वदेशी र विदेशी आरोही तीन हजार मिटरभन्दा माथि चढेपछि लेक लाग्ने र बिरामी हुने भएकाले प्राथमिक उपचारका लागि चिकित्सक पठाइएको उनको भनाइ छ । मनाङगाउँमा पठाइएका चिकित्सकमध्ये तीन विदेशी र एक नेपाली रहेका छन् । फेरिचेमा पठाइएका तीनै विदेशी चिकित्सक रहेका छन् । हिमालय उद्धार संघले पदयात्री तथा आरोहीको स्वास्थ्य जाँचमा टेवा पुर्‍याउने उद्देश्यले मनाङगाउँ र फेरिचेमा आफ्नै खर्चमा स्वास्थ्यचौकी निर्माण गरी सेवा प्रदान गर्दै आएको छ ।

संघका अध्यक्ष डम्बर पराजुलीले शरद् ऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी र स्वदेशी पर्यटक हिमाली क्षेत्रतर्फ गइसकेकाले चिकित्सकको टोली समेत पठाइसकिएको बताए । मनाङ जाने पर्वतारोहीले थोरङ्लापास, चुलु हिमाल, तिलिचो, अन्नपूर्ण–२, अन्नपूर्ण–४ लगायत हिमाल आरोहण गर्ने गरेका छन् । सोलुखुम्बुतर्फ जाने पर्यटकले आइल्यान्ड पिक, आमादब्लम, लोपुचे पिकलगायत हिमाल चढ्ने गरेका छन् ।

शरद् ऋतुमा सगरमाथा आरोहण गर्ने आरोही एकदमै कम भएकाले सगरमाथा आधारशिविरमा चिकित्सकको टोली नपठाइएको सो संघले जनाएको छ । सन् १९७३ मा स्थापना भएको संघले मनाङ, गोसाइँकुण्ड, फेरिचे र सगरमाथा आधारशिविरमा चिकित्सक पठाएर आरोहीको स्वास्थ्य जाँचमा सहयोग गर्दै आएको छ । संघले स्वदेशी र विदेशी चिकित्सकलाई तालिम दिएर सो क्षेत्रमा पठाउँदै आएको छ । उक्त क्षेत्रमा जाने चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलबाट अस्थायी दर्ता गर्ने र श्रम विभागबाट श्रम स्वीकृति लिएर पठाउने गरेको सीईओ बस्यालले बताए । चिकित्सकको टोली सो क्षेत्रमा तीन महिना रहने संघले जनाएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट