May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० 0९:५0
सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

गंगाराम मण्डल इनरुवा ।

कोशी प्रदेशको सुनसरीमा जिल्ला स्तरीय अन्तर विद्यालय मा.वि. तह (रनिङ सिल्ड ) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजना तथा नगर प्याब्सन इटहरीको संयोजनमा असोज १२ गते शुक्रबार इटहरी स्थित लायन्स क्लबको सभाहलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा पशुपति इङलिस बो. स्कूल इटहरी-२ ले सान्त्वना, जय सप्तकोशी इङलिस एकेडेमी बराहा-१० ले तेस्रो , द मार्टर इङ्गलिस स्कुल इनरुवा-३ ले द्वितीय स्थान हुन सफल भएको थियो भने लिटिल फ्लावर सेकेन्डरी स्कुल इटहरी-५ ले सबै भन्दा बढी अंक प्राप्त गरि प्रथम स्थान प्राप्त गरेर रनिङ सिल्ड हात पार्न सफल भएको छ ।
प्याब्सन सुनसरी तथा इटहरीका अध्यक्ष अनुप याेञ्जन र पुन्य प्रसाद सापकोटाले प्रतियोगितामा प्रथम,दोस्रो,तेस्रो र सान्त्वना भएका विद्यार्थीहरूलाई सिल्ड,मेडल र प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा सुनसरी जिल्ला भरीका प्याब्सन आवद्ध १७ वटा निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको जिल्ला प्याब्सन सुनसरीका सचिव गणेश भण्डारीले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताका प्रमुख अतिथि इटहरी उप-महानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख फाल्गुनि प्र. काफ्ले थिए भने कार्यक्रमको अध्यक्षता जिल्ला प्याब्सन सुनसरीका अध्यक्ष अनुप याेञ्जनले गर्नुभएको थियो ।

 

  • साझा परिवेश
  • -