April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

जापान पठाउने भन्दै झण्डै आधा करोड ठगी गर्ने म्यानपावर सञ्चालक समातिए

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:४८
जापान पठाउने भन्दै झण्डै आधा करोड ठगी गर्ने म्यानपावर सञ्चालक समातिए

काठमाडौं । १२ जना युवायुवतीलाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भन्दै झण्डै आधा करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ लेटाङ घर भई काठमाडौंको धुम्बाराहीमा बस्ने जेनुयन प्लेसमेन्ट प्रा.लिका सञ्चालक डिल्लीराम खतिवडा रहेका छन् ।

प्रतिव्यक्ति रु आठ लाख रुपैयाँ लागतमा जापान पठाइदिने र त्यहाँ पुगेका मासिक एक लाख ८० हजार तलब हुनेगरी काममा लगाइदिने भन्दै उनले पीडितहरूबाट पटक पटक गरी छयालीस लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएका छन् ।

सम्पर्कबिहीन भएका खतिवडालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार दिउँसो कोटेश्वरबाट पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

पीडितहरू आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले अपराध अनुसन्धान कार्यालयलाई पत्र लेख्दै खतिवडालाई विभागमा उपस्थित गराउन अनुरोध गरेको थियो ।

पक्राउ परेका खतिवडालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरी उपरीक्षक मिलन के.सीले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, अशोज १५, २०८० १६:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट