November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नेपालगञ्जमा कर्फ्यु हटाइयो निषेधाज्ञा जारी

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:२0
नेपालगञ्जमा कर्फ्यु हटाइयो निषेधाज्ञा जारी
  • नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु लगाइयो 
  • आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी
  • कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी
  • सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति

नेपालगञ्ज ।।

तीन दिनदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ । आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ ।

आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सदभाव कायम गर्ने सहमति भएको थियो । त्यसपछि आज बिहानदेखि कर्फ्यु खुकुलो पारिएको हो ।

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्