May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने

प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न पुगे वीर अस्पताल

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:५२
प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न पुगे वीर अस्पताल
  • माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिए
  • अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल पुगे
  • सुदूरपश्चिमका जिल्लामा क्रियाशील रहेको बेला आचार्य अस्वस्थ भए

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा भर्ना भएर उपचाररत नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आचार्यलाई भेट्न वीर अस्पताल पुगेका थिए ।

पार्टीको रुपान्तरण अभियान अन्तर्गत सुदूरपश्चिमका जिल्लामा क्रियाशील रहेको बेला आचार्य अस्वस्थ भएका थिए । मंगलबार अछामको साँफेबगरको कार्यक्रममा सहभागी हुन गएका बेला आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि बयलपाटा अस्पताल लगिएको थियो । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरबाट बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज हुँदै बुधबार वीर अस्पताल ल्याएर भर्ना गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसारमा उनमा दायाँ भाग नचल्ने र बोली ननिस्किने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनको रक्तचाप नियन्त्रणमा रहेको र उनको स्वास्थ्य खतरामुक्त रहेको स्रोतले बतायो । उनलाई केही दिन अस्पतालमै राखेर थेरापी लगायतका विधिबाट उपचार गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेपछि प्रधानमन्त्री प्रचण्डले उपचारमा सम्भव भएसम्मका सबै उपाय अपनाउन चिकित्सकहरुलाई भनेका थिए ।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज १८, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्