May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

इण्डो-नेपाल कराते प्रतियोगितामा मेचीनगर बन्यो प्रथम

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १0:२0
इण्डो-नेपाल कराते प्रतियोगितामा मेचीनगर बन्यो प्रथम
  • इण्डो- नेपाल कराते प्रतियोगिता काँकरभिट्टामा सम्पन्न
  • प्रतियोगिता काँकरभिट्टा स्थित टाउनहलमा दुई दिनसम्म संचालन
  • मेचीनगर कराते टिम प्रथम बन्न सफल 
  • कटारी टिम दोस्रो र धरान टिम तेस्रो बन्न सफल 

काँकरभिट्टा । अभिशेक दवाडी ।।

इण्डो- नेपाल कराते प्रतियोगिता काँकरभिट्टामा सम्पन्न भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा गत शनिबारबाट शुरु भएको ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप-२०२३ सफलताका साथ सम्पन्न भएको हो ।

प्रतियोगिता काँकरभिट्टा स्थित टाउनहलमा दुई दिनसम्म संचालन भएको थियो । प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरु सहभागी थिए । जसमा मेचीनगर कराते टिम प्रथम बन्न सफल भयो भने कटारी टिम दोस्रो र धरान टिम तेस्रो बन्न सफल बन्यो ।

कार्यक्रमका संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री राजु महर्जन थिए भने रेफ्री संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर पुलामी थिए । कार्यक्रमका व्यवस्थापक बम बहादुर श्रेष्ठ (शम्भु) का अनुसार प्रतियोगितामा भारतको गुजरात, कलकत्ता, सिक्किम, बागडुग्रा तथा नेपालको

पाँचथर, कटारी, विराटनगर, धरान लगायतका लगायतका स्थानबाट खेलाडीहरुले सहभागिता जनाएका थिए । सहभागी खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १९, २०८० १0:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट