May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रघुजी पन्त : यस्तो महँगीमा जनताले यो वर्षको दसैँ कसरी मनाउने ?

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:0८
रघुजी पन्त : यस्तो महँगीमा जनताले यो वर्षको दसैँ कसरी मनाउने ?
  • मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दसैँ मनाउँछन् ?
  • दसैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान किन नगएको ?
  • चामललाई तीन हजार र दाल किलोको २५० रुपैयाँ पुगिसक्यो 

काठमाडौं ।।

नेकपा एमाले सांसद रघुजी पन्तले बढ्दो महँगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यो वर्षको दसैँ मनाउँछन् भन्दै सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पन्तले कवितात्मक शैलीमा सरकारलाई प्रश्न गरेका हुन् । उनले चाडपर्व नजिएसँगै जनताले दसैँ मनाउन नसक्ने गरी महँगी बढ्दा पनि सरकारको ध्यान नगएको बताए । उनले महँगी नियन्त्रण गर्न मागसमेत गरे ।

उनले बजारमा एक बोरा चामललाई तीन हजार र दाल किलोको २५० रुपैयाँ पुगेको बताए । सांसद पन्तले सरकारले दसैँ पेस्कीको रूपमा जनतालाई महँगी दिएको भन्दै कवितामार्फत व्यंग्य गरे ।  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दसैंमा  घर जाने विद्यार्थीको लागि सरकारी र संस्थानका सवारीको प्रयोग गर्ने प्रवन्ध मिलाउन सरकारसँग माग गरे ।

उनले  सरकारले गत आर्थिक वर्षमा लगाएका ठेक्का सम्झौता भएर चालु अवस्थामा रहेका परियोजनाको भुक्तानी गर्न आग्रह गरे । उनले वर्षाको कारण बिग्रिएका गाउँ-गाउँमा पुग्ने ग्रामीण सडक मर्मतका लागि संघीय सरकारले बजेटको प्रवन्ध मिलाएर प्रदेश र स्थानीय सरकारले कार्यान्वयन गर्ने वातावरण मिलाउन माग गरे ।

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट