May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित्

कालोबजारी बढिरहंदा पनि सरकार टुलु टुलु हेरेर बसेको छ : सांसद

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:२0
कालोबजारी बढिरहंदा पनि सरकार टुलु टुलु हेरेर बसेको छ : सांसद
  • कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूद्वारा सरकारको आलोचना
  • अहिले चाडबाडका बेला कालोबजारी धमाधम बढ्दै 
  • बजारमा सामान भएर पनि लुकाउने  
  • चाडबाडका बेला सार्वजनिक सवारीसाधनले यात्रीलाई ठग्ने 

काठमाडौं ।।

चाडपर्वलाई लक्षित गरेर कालोबजारी गरिँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद भगवती चौधरीले चाडबाडका बेला हुने कालोबजारी नियन्त्रणका लागि सरकारले ध्यान दिन नसकेको बताइन् । उनले मिटरब्याजीपीडितलाई पनि सरकारले थप पीडाबाहेक अरू केही दिन नसकेको भन्दै आक्रोश व्यक्त गरिन् ।

“अहिले चाडबाडका बेला कालोबजारी हुन्छ । बजारमा सामान छ, उसले लुकाउन खोज्छ, चाडपर्वमा महँगो गरी बेच्नका लागि । यसको अनुगमन सरकार पक्षले तदारुपताका साथ गर्नुपर्ने काम सरकारले गरेको छैन,” उनले भनिन्, “त्यसरी नै अहिले मुलुककी संहिताअन्तर्गत मिटरब्याजपीडितहरू झन् पीडामा परेको अवस्था छ ।”

सांसद विमला सुवेदीले चाडबाडका बेला सार्वजनिक सवारीसाधनले यात्रीलाई ठग्ने गरेको बताइन् । त्यो नियन्त्रण हुने गरी अनुगमनको कामलाई व्यवस्थित बनाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

समयमै कालोबजारी नियन्त्रण गरी उपभोक्तालाई मारमा पर्न नदिन उनले सरकारलाई सचेत गराइन् । “चाडबाडको समयमा मूल्यवृद्धि तथा कालोबजारी हुने, सवारी भाडामा यात्रुहरूमाथि ठगी हुने गरेको छ,” उनले भनिन्, “बेलैमा यसको अनुगमन र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” सांसद मनीष झाले जनकपुरमा हत्या गरिएकी आरती साहका परिवारलाई न्याय दिनुको सट्टा पीडा दिने काम गरिएको भन्दै सरकारको आलोचना गरे ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।