May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

१२ कक्षा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सिपको लागी नीति बनाउँ : जनार्दन शर्मा

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:४९
१२ कक्षा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सिपको लागी नीति बनाउँ : जनार्दन शर्मा
  • १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने
  • औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने
  • १२ कक्षा पढेर निस्केका विद्यार्थी आफ्नो कुनै न कुनै सिपमा सक्षम हुनुपर्ने

काठमाडौं ।।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त बनाउन सकिने गरी नीति बनाउनु पर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विद्यालय शिक्षक विधेयकमाथि जारी छलफलमा बोल्दै शर्माले यसलाई औपचारिकतामा पास गर्नेभन्दा पनि व्यापक छलफल गरेर मात्रै अघि बढाउनु पर्ने बताए ।

‘१२ कक्षा पढेर निस्केका विद्यार्थी आफ्नो कुनै न कुनै सिपमा सक्षम हुनुपर्ने आवश्यक्ता छ । त्यस्तो खालको पाठ्यक्रम बनाउने हिसाबले, संस्था बनाउने हिसाबले, शिक्षण विधि तय गर्ने हिसाबले अबको कानुनलाई व्यवस्थित बनाउनु पर्ने आवश्यक्ता छ’, शर्माले बैठकमा भने, ‘शिक्षालाई सिपसँग जोड्ने, सिपलाई श्रमसँग जोड्ने, श्रमलाई रोजगारीसँग जोड्ने, रोजगारलाई उत्पादनसँग जोड्ने र उत्पदनलाई बजारसँग जोड्ने शिक्षा नीतिको बनाउनु पर्छ ।’

शर्माले १२ कक्षासम्मको विद्यालय शिक्षालाई एकरुपतामा लैजानु पर्ने र सबै विद्यार्थीले एउटै खालको शिक्षा पाउने पाठ्यक्रम, शिक्षण विधि, शिक्षकका सेवा सुविधा र टेनिङको व्यवस्था गर्नुपर्ने बताए । उनले शिक्षा नीतिकलाई सबैले स्वीकार गर्नसक्ने बनाउनु पर्ने भन्दै विभिन्न समयमा भएका सम्झौतालाई मुलुकको कानुन र संविधानसम्मत ढंगले समेटेर लैजानु पर्ने बताए ।

उनले राष्ट्रियतालाई सुदृढ गर्ने, संस्कार, संस्कृति र उत्पादनलाई वुद्धि गरी असल शिक्षा नीति निर्माणका लागि गम्भिरतापूर्वक छलफल गर्नुपर्ने आवश्यक्ता औँल्याए । ‘हामीले सबैको विज्ञता, ज्ञान र क्षमतालाई राम्रोसँग समेट्न सकेनौँ भने हामी अर्को युगसम्मका लागि जिम्मेवारी पूरा नगरेको ठहरिन्छ’, शर्माले भने, ‘त्यसैले व्यापक छलफल गरी असल शिक्षा नीति बनाउनु पर्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट