April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

कांग्रेसको विरोध गर्नेलाई अनुशासित भएर सम्झाउनु पर्छ : जितजंग

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १0:४0
कांग्रेसको विरोध गर्नेलाई अनुशासित भएर सम्झाउनु पर्छ : जितजंग
  • कांग्रेस बिरोधिसंग अनुशासित रुपमा प्रतिवाद गर्न  आह्वान 
  • तर तरुण दल विचलित हुनु हुँदैन
  • ‘आज तरुण दललाई चारैतिरबाट प्रहार गरेका छन् 

काठमाडौं ।।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण दल पूर्वअध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसका नेता-कार्यकर्तामाथि चारैतिरबाट प्रहार भएको बताएका छन् । तर त्यसबाट विचलित नभई अनुशासित रुपमा प्रतिवाद गर्न उनले आह्वान गरेका छन् । काठमाडौंमा आइतबार आयोजित तरुण प्रतिज्ञा सभालाई सम्बोधन गर्दै बस्नेतले प्रजातन्त्रवादी पार्टीलाई प्रहार गर्नेहरुलाई विचारले नै परास्त गर्न सकिने बताए ।  ‘आज तरुण दललाई चारैतिरबाट प्रहार भएको छ । तर तरुण दल विचलित हुनु हुँदैन ।

हामी अरु पार्टीजस्तो होइन । अरु संगठन जस्तो होइन । वाईसीएल र युथफोर्स जस्तो असुलीबसुली र शक्तिको भरमा खुकुरी नचाएर हिँड्ने संगठन तरुण दल होइन,’ बस्नेतले भने, ‘तरुण दल वैचारिक रुपले हिँड्नुपर्छ । विचारले नै जित्ने हो समाजलाई ।’ प्रजातन्त्रवादी पार्टीलाई चारैतिरबाट प्रहार गर्ने शक्तिलाई विचारले नै परास्त गर्न सक्ने उनको धारणा थियो ।

कांग्रेसमाथि चारैतिरबाट आक्रमण भएको उदाहरणको रुपमा उनले तरुण दलका पूर्वअध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेलमा परेको, पूर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको र खगेन्द्र हाङ्गाममाथि ताप्लेजुङमा प्रहरीबाट आक्रमण भएको बताएका थिए ।

तर यस्ता घटनाबाट विचलित नभई अनुशासित रुपमा प्रस्तुत हुन उनले आह्वान गरे । ‘परास्त गर्नका लागि तपाईं हामी अनुशासित हुनु जरुरी छ,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र पनि अनुशासन ल्याउन जरुरी छ ।’

अनुशासनको सन्देश दिने निलो पोशाकमा तरुण दलका नेता-कार्यकर्ताहरु कार्यक्रममा सहभागी भएको भन्दै खुसी व्यक्त गरेका बस्नेतले भने, ‘तपाईंहरु अनुशासित हुनुस्, यो देशलाई बदल्नका लागि नेपाली कांग्रेसलाई शक्तिशाली पार्टीको रुपमा रुपान्तरण गर्न जरुरी छ । नेपाली कांग्रेसभित्र पनि अनुशासन ल्याउन जरुरी छ । अन्याय, अत्याचार भ्रष्टाचार विरुद्ध तपाईं हामी तरुण दल मिलेर लड्न जरुरी छ ।’

 

 

  • साझा परिवेश
  • सोमवार, अशोज २२, २०८० १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट