May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

सरकारको नीतिका कारण पोल्ट्री व्यवसाय धरापमा

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:00
सरकारको नीतिका कारण पोल्ट्री व्यवसाय धरापमा
  • पोल्ट्री व्यवसाय गर्ने  साना किसान यो व्यवसायबाट विस्थापित भए
  • उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर
  • नेपाल लेयर्स कुखुरापालक संघ गठन
  • सरकारको नीतिका कारण धेरै समस्या व्यहोर्नुपर्यो 

चितवन ।।

सानो खोर बनाएर पोल्ट्री व्यवसाय गर्ने  साना किसान यो व्यवसायबाट विस्थापित भएका छन् । ठूलो लगानी गरेका व्यवसायी पनि बैंकको ऋणको भरमा छन् । उनीहरुलाई बैंकको किस्ता र ब्याज कसरी तिर्ने भन्ने पीर छ । बैंकको ऋण टिकाउनका लागि कतिपयले कुखुरा पालिरहेका छन् । उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार नेपालमा अण्डा पार्ने लेयर्स कुखुरा फार्म आठ हजार वटासम्म पुगेका थिए । यो संख्या घटेर अहिले चार हजारभन्दा तल छ । पोल्ट्री व्यवसायीसमेत रहेका उनले भने,  “धेरै विस्थापित भए, जति छन्, उनीहरूमध्ये आधाले बैंकलाई देखाउनकै लागि मात्रै कुखुरा पालिरहेका छन् ।”

देशभरमा पोल्ट्री व्यवसाय धरासायी हुने अवस्थामा पुगेपछि अर्बौं लगानी गरेका पोल्ट्री व्यवसायी विनोद पोखरेलले आफ्नो अगुवाइमा नेपाल लेयर्स कुखुरापालक संघ गठन गरे । उनले भने, “व्यवसाय सिद्धिने अवस्थामा पुगेपछि गत वर्ष हामी संगठित बनेर देशव्यापी दौडाहा अभियानमा लाग्यौँ ।” आफ्नो व्यवसाय छाडेर सामूहिक हितका लागि पोखरेलको समूहले देशका सबै जिल्लामा पुगेर अण्डाको बजारीकरणसँगै सचेतना काममा जुट्यो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा चार लाख लेयर्स कुखुरा पाल्दै आएका दाउन्ने कर्पोरेटका सञ्चालक पोखरेलले भने, “टिक्नका लागि हामी संगठित भएर लागेका हौँ ।” बाहिरबाट देखिएजस्तो अवस्था नरहेको उनले बताए ।

वर्षौंदेखि नोक्सानमा काम गर्नुपर्दा धेरै विस्थापित भएको र रहेकाहरू ऋणमा टिकेको उनको भनाइ छ । अहिले अण्डाको लागत मूल्य प्रतिगोटा १७ रुपैयाँ पर्छ । ग्राहकले हाल १३ रुपैयाँ हाराहारीमात्रै पाएका छन् । लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्नुपरेपछि धेरै किसान विस्थापित भएको उनी बताउँछन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लेयर्स कुखुरा फार्म, ह्याचरीसहित पोल्ट्रीसँग सम्बन्धित किसान र व्यवसायी धेरैजसो विस्थापित भएको बताए । सरकारको नीतिका कारण धेरै समस्या व्यहोर्नुपरेको उनको गुनासो छ ।

कोभिडअघिसम्म दैनिक ५५ लाख हाराहारी अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर ३० लाख हाराहारीमा झरेको उनको भनाइ छ । पाँच लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको यो व्यवसाय धान्न मुस्किल अवस्थामा पुगेको उनले बताए । पोल्ट्री महासंघका उपाध्यक्ष टीकाराम पोखरेल ३४८ ह्याचरी घटेर १२० मा झरेको जानकारी दिए ।  भएकामध्येले पनि क्षमताको आधाभन्दा कम उत्पादन गरिरहेको उनको भनाइ छ । उनले भने, “पछिल्ला वर्षहरूमा पोल्ट्रीसँग सम्बन्धित सबै उद्योग धरासायी बन्दै गएका छन् ।” राज्यले नहेर्ने हो भने केही समयपछि नै सम्पूर्ण व्यवसाय धरासायी हुने उनको भनाइ छ ।

नेपालको पोल्ट्री क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा बढी लगानी छ । समयमै राज्यले सम्बोधन गर्न नसकेमा यहाँको पोल्ट्री व्यवसाय पूरै समाप्त हुने अध्यक्ष विष्टले बताए । उनले भने, “आत्मनिर्भर रहेको यो व्यवसाय जोगाउन वा समाप्त पार्ने भन्ने राज्यको हातमा छ ।”पोल्ट्री व्यवसाय धरासायी भएमा एकातर्फ आयातमा भर पर्नुपर्ने छ भने अर्कातर्फ रोजगारीका अवसरसमेत गुम्ने उनको भनाइ छ । रासस

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट