May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:५१
भूकम्पबाट ६२ हजार ६२ घरमा क्षति
  • १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति
  • भूकम्पका कारण २६ हजार ५५७ घर पूर्ण रूपमा ध्वस्त
  • भूकम्पका कारण घाइते हुनेको संख्या ३६४

काठमाडौं ।।

जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पले १३ जिल्लाका ६२ हजार ६२ घरमा क्षति गरेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जारी गरेको पछिल्लो सूचनाअनुसार भूकम्पका कारण २६ हजार ५५७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् । भूकम्पले ३५ हजार ४५५ घरमा आंशिक क्षति गरेको शाखाले जनाएको छ । भूकम्पका कारण १६ वटा सरकारी भवन पूर्ण ध्वस्त भएका छन् । ३४ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । भूकम्पले सबैभन्दा ठूलो भौतिक क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको छ । शाखाबाट प्राप्त विवरणअनुसार भूकम्पबाट जाजरकोटमा २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।

९ हजार ७९७ घरमा पूर्ण क्षति गरेको छ । रुकुम पश्चिममा भूकम्पले ९ हजार ९६१ घरमा आंशिक क्षति र १६ हजार ५७० घरमा पूर्ण क्षति गरेको छ । यस्तै रुकुम पूर्वका १४८, सल्यानका ५१२, रोप्पाका ८७, नवलपरासी पूर्वका १, दैलेखका १, दाङका ७ र प्युठानका ३१ घरमा भूकम्पले आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वका ९, सल्यानका १५१, रोल्पाका २५, दैलेखका १, बैतडीको १, जुम्लाका ५ र कालिकोटको १ घरमा पूर्ण क्षति गरेको छ । भूकम्पका कारण संरचना भत्किँदा मृत्यु हुनेको संख्या १५४ पुगेको छ । शुक्रबार बिहान घाइते एकजनाको मृत्यु भएको छ । भूकम्पका कारण घाइते हुनेको संख्या ३६४ रहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।