May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

अनुमति नलिई वाकिटकीको विज्ञापन, बिक्री तथा प्रयोग गर्नेमाथि कारबाही हुने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:४१
अनुमति नलिई वाकिटकीको विज्ञापन, बिक्री तथा प्रयोग गर्नेमाथि कारबाही हुने

काठमाडौं । सरकारले वाकिटकी लगायतका रेडियो फ्रिक्वेन्सी डिभाइस लाइसेन्स लिएर मात्र आयात, बिक्री वितरण, राख्न तथा प्रयोग गर्न अनुराेध गरेकाे छ ।

आवश्यक लाइसेन्स नलिएर सामाजिक सञ्जालका विभिन्न माध्यमबाट विज्ञापन गरी आयात, बिक्री वितरण तथा प्रयोग भइरहेको भन्दै मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले एक सूचना निकाल्दै लाइसेन्स लिएर मात्र रेडियो फ्रिक्वेन्सी डिभाइस प्रयोग गर्न अनुरोध गरेको हो ।

“नेपालमा वाकिटकी लगायतका रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न, बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो (सञ्चार) लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको छ,” सूचनामा भनिएको छ, “हाल विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत गरी लाइसेन्स लिएर आयात बिक्री वितरण तथा प्रयोग गर्नुपर्ने वाकिटकी लगायतका रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको भन्ने विषयमा यस सूचना तथा प्रसारण विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।”

लाइसेन्स/अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरू आयात बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न समेत विभागले निर्देशन दिएको छ । र, त्यस्ता उपकरणहरूको वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत नगर्न विभागले सूचित गरेको छ ।

यदि लाइसेन्स नलिएरै विज्ञापन, आयात, बिक्री वितरण तथा प्रयोग गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।