May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज, फूलपातीबाट प्रदर्शन हुने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १६:२५
चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज, फूलपातीबाट प्रदर्शन हुने

चलचित्र पशुपतिप्रसाद २ भष्मे डन को ट्रेलर रिलिज भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर रिलिज भएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता, निर्माता एवं लेखक खगेन्द्र लामिछानेले पशुपतिप्रसादलाई कसरी लजिकल सिक्वेल बनाउने भन्ने चुनौति रहेको र ४ वटा जति ड्राफ्टमा काम गरेको बताउनु भयो । उहाँले पशुपतिप्रसाद १३ दिनमा सुटिङ सकिएपनि भष्मे डन ५६ दिन लागेको बताउनु भयो । सिनेमा एकदमै राम्रो लागेको बताउनु भयो । त्यस्तै निर्देशक दिपन्द्र के. खनालले भष्मे डन पनि पशुपतिप्रसाद जस्तै मन पराउनेमा विश्वस्त रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै अभिनेता विपिन कार्कीले भष्मे डन आफ्नो लागि पात्रको रुपमा मात्रै आफूले नहेरेको र आफ्नो पहिचान र परिचय रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको ट्रेलर नयाँ र राम्रो लागेको बताउनु भयो । उहाँले काम गर्दा नयाँ अनुभव सिकेको पनि बताउनु भयो ।

चलचित्र कात्तिक ४ गते फूलपातीको दिन रिलिज हुनेछ । सार्वजनिक ट्रेलरमा प्रेम, जिम्मेवारी र बदलाको कथा देख्न सकिन्छ । ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु भएपछि पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को कथा भन्छ । चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, सजन थापा मगरलगायत कलाकारको अभिनय छ । खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भुमिकामा देखिनेछन् । टुकी आर्टसको ब्यानरमा निर्माण भएको सिनेमाका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।