May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ

सांसद पन्थ : अपांगता व्यक्तिका लागि शक्तिशाली आयोग गठन गर्नुपर्छ

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १३:४७
सांसद पन्थ : अपांगता व्यक्तिका लागि शक्तिशाली आयोग गठन गर्नुपर्छ
  • अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन
  • कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने कामलाई प्राथमिकता
  • कानुनहरू कार्यान्वयनमा ध्यान दिन पनि सरकारलाई सचेत 

काठमाडौं ।।  

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको समस्या समाधानका लागि शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्दै उनले अन्य संवैधानिक आयोगजस्तै अपांगता भएका व्यक्तिको लागि पनि शक्तिशाली आयोग हुनुपर्ने बताएका हुन् ।

सांसद पन्थले सरकारले अपांगता भएका व्यक्तिको संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने कामलाई प्राथमिकता नदिएको भन्दै आपत्तिसमेत जनाए । उनले भने, “मुलुकमा गणतन्त्र आएको १५ वर्ष पुगिसक्दा पनि सबै नागरिकको जीवनमा परिवर्तन ल्याउने गरी सरकारले कुनै ठोस योजना तथा कार्यक्रम समेत ल्याउन सकेको छैन ।”  सांसद पन्थले अपांगता भएका व्यक्तिहरूको हित अनुकूलका कानुनहरू कार्यान्वयनमा ध्यान दिन पनि सरकारलाई सचेत गराए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २६, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट