April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

दोस्रो खेलमा बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:४२
दोस्रो खेलमा बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

२८ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

टपअडर आज चल्न सकेन । १० रनमा तीन विकेट गुमाएको अवस्थामा नेपालका लागि देव खनाल र अर्जुन कुमालले क्रिज सम्हाले । अर्जुन र देव दुवैले समान ३२/३२ रन बनाए । देवले २७ बलमा ३२ रनमा अविजित रहे । अर्जुन पनि ३१ बलमा ३२ रन बनाउँदै अविजित रहे । बहराइनका लागि अनस ओबैड सैदले तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिएका हुन् ।

बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भएको हो । त्यसअघि, ब्याटिङ गरेको बहराइनका लागि माहम्मद वसिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाउँदै दुर्गेश गुप्ताबाट बोलड आउट भए । उनले ७७ बलमा एक चौका र दुई छक्का प्रहार गरेका हुन् । टपअडरका तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच ब्याटर शून्यमै आउट भए रिसब रमेश र मोहम्मद अलि समान ६ रनमा सीमित भए ।

दीपेश आजको खेलमा नेपालका लागि हिरो बने उनले ९.५ ओभरमा ८ ओभर मेडन गराउँदै ४ रन मात्रै खर्चेर ६ विकेट लिए । दुर्गेशले भने ८ ओभर बलिङ गर्दै १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए । नेपालले पहिलो खेलमा इरानमाथि २७४ रनको फराकिलो जित निकालेको थियो ।

समूह ए मा रहेका नेपाल र साउदी दुवैले पहिलो खेलमा जित निकालेका छन् । पहिलो खेलमा फराकिलो जित निकालेको नेपाल हालसम्म समूहको शीर्ष स्थानमा रहेको छ । साउदीले आज इरानसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेल साउदी अरेबीयासँग कात्तिक २ गते खेल्नेछ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट