July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १४:५६
नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत
  • (यूएई) ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गर्यो 
  • अली नासीरले ३२ रन जोडे
  • यूएईका बसिल हमेदले ५१ रन बनाए
  • यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्ने

काठमाडौं ।।

नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गर्‍यो । यूएईका बसिल हमेदले ५१ रन बनाए । उनले ३८ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै, अली नासीरले ३२ रन जोडे । ५२–४ को अवस्थाबाट यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै यूएईलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्याएका  थिए ।कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन थपे ।

नेपालका करण केसीले तीन विकेट लिए । करणले चार ओभरको स्पेलमा १९ रन खर्चिए । गुल्सन झाले दुई विकेट लिदा अभिनाश बोहरा र सोमपाल कामीले समान एक विकेट लिए ।आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र यूएई सहभागी छन् । शृंखलाको पहिलो खेलपछि नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ । नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

 

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० १४:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट