sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बझाङमा ८ हजार परिवारको दशैँ त्रिपालमुनि

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० 0६:0५
बझाङमा ८ हजार परिवारको दशैँ त्रिपालमुनि

बझाङ – थलारा गाउँपालिका–३ कुचकी धिर्जादेवी कामीले दशैँ, तिहारका लागि छिमेकीबाट मागेर खाइनखाइ जम्मा गरेको खाद्यान्न भूकम्पमा परेर पुरियो । अहिले उहाँको चार जना परिवारको बास खुला आकाशमुनि छ । अहिले खेतबारीबाट अन्न भित्र्याउने समय हो तर उहाँसँग खेतबारी पनि छैन । ‘छिमेकीसँग मागेरै जीविका चलाउँदै आएकी थिएँ । सबै कुरा भूकम्पमा पुरियो’, घरतिर हेर्दै गहभरी आँसु पारेर धिर्जादेवीले आफ्नो पीडा सुनाउनुभयो ।

तत्काल घर पुनःनिर्माण गर्नसक्ने उहाँको क्षमता छैन । बिहान–बेलुकाको छाक टार्नका लागि वर्षभरि छिमेकीको काम गर्नुपर्ने, मजदुरी गर्नुपर्ने अवस्था उहाँको परिवारको छ । ‘कल्पनामा पनि फेरि घरभित्र बस्न पाउँछौँ भन्ने आश छैन’, धिर्जादेवी भन्नुहुन्छ, ‘भूकम्पमा घर भत्किएपछि सान्त्वना दिन र घरको अवस्था बुझ्न धेरै मानिस आएका छन् । सामूहिक रूपमा खाना खाएर गुजारा गरिरहेका छौँ । झन्डै ३० परिवार एउटै भान्छामा खाना खाइरहेका छौँ । कसले खाना दिन्छ भन्ने पनि थाहा छैन ।’

सधैँ जस्तै यस वर्ष पनि घरभित्रै बसेर टीका लगाउने, रमाइलो गर्ने सपना थियो । मागेरै भए पनि मिठो खाएर एक दिन शान्तिसँग बस्ने चाहाना थियो । तर असोज १६ गते गएको भूकम्पका कारण घर ढलेपछि दशैँ हाम्रा लागि दशा बनेर आएको छ’, उहाँले थप्नुभयो ।

धिर्जादेवी कामीको छिमेकी जलादेवी दमाईँको पनि अवस्था उस्तै छ । उहाँको परिवारमा १० जना छन् । जलादेवीलाई पनि दशैँ कसरी मनाउने भन्ने चिन्ता छ । ‘भूकम्पले घर तहसनहस पारेपछि मनमा शान्ति छैन । हामीले दशैँ आएको अनुभूति गर्न पाएका छैनौँ । खुला आकाशमुनि बसेर रात गुजार्नै गाह्रो छ । दशैँ त हाम्रा लागि दशा बनेर आयो । चिसो बढ्दै छ । वरपर खुला छ । धन्न कुन संस्थाले त्रिपाल दिएर गए । त्यही त्रिपालको सहारामा बसिरहेका छौँ ।’

जनप्रतिनिधि आएर घर पुनःनिर्माण गरिदिने आश्वासन दिए पनि कहिले बन्ने भनेर थाहा नभएको धिर्जादेवी बताउनुहुन्छ । ‘आफैँले घर पुनःनिर्माण गर्नसक्ने क्षमता छैन । एक छाक खानका लागि त दिनभरी मजदुरी गर्नुपर्ने हुन्छ । कसरी घर बनाउन सक्छौँ ? त्यत्रो घर बनाउन न आफूसँग सीप छ न आयस्रोत नै, कसरी बन्छ घर ?’, उहाँले भन्नुभयो ।

थलाराकै हंशादेवी दमाईँले दशैँ मनाउनका लागि जमरा राख्ने ठाउँ पनि नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रमाइलो गर्ने, टीका लगाउने रहर कसलाई हुँदैन र ? त्यस्तो गर्नका लागि त भाग्यमा लेखेर ल्याउन पर्दो रहेछ । जेनतेन टाउको लुकाउन र ओत लाग्न मिल्ने घर थियो । भूकम्पमा घर भत्किएपछि त्रिपालमुनिको बास भएको छ । घरभित्र जमरा राख्ने चाहना थियो तर भूकम्पले खुला आकाशमुनिको बास भएको छ ।’

थलारा गाउँपालिकामा मात्रै नभई खप्तडछान्ना गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदारस्युँ गाउँपालिका लगायतका भूकम्प पीडितको दशैँ त्रिपालमुनि हुने भएको छ । विभिन्न गैरसरकारी सङ्घ–संस्थाले त्रिपाल, कम्बल लगायतका सामान उपलब्ध गराए पनि पालिका, प्रदेश र सङ्घीय सरकारले केही राहत नदिएको भूकम्प पीडितको गुनासो छ ।

गएको असोज १६ गते बझाङमा भूकम्प जाँदा जिल्लाभरी दुई हजार चार सय ४५ घर पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिनुभयो । यस्तै छ हजार ८४ घरमा आंशिक क्षति भएको र तीन हजार पाँच सय २४ घरमा सामान्य क्षति पुगेको उहाँले बताउनुभयो । भूकम्पका कारण घर भत्किएपछि आठ हजारभन्दा धेरै परिवार अझै त्रिपालकाे सहारामा बसिरहेका छन् ।

सबैभन्दा बढी थलारामा छ सय ६४ घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । उहाँका अनुसार जयपृथ्वीमा चार सय ८२, बुंगल नगरपालिकामा ७३, तलकोट गाउँपालिकामा २५, मष्टामा चार सय १०, छविसपाथिभेरामा एक सय ५०, दुर्गाथली गाउँपालिकामा एक सय ८४, खप्तडछान्नामा दुई सय ४५, केदारस्युँमा दुई सय छ, बिथ्थडचिर गाउँपालिकामा छ घर पूर्णरूपमा क्षति भएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० 0६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid