April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएकाे पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटियो

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १७:५२
अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएकाे पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटियो

अर्घाखाँची – अर्घाखाँचीको अर्घा भगवती मन्दिरबाट ५१ वर्षअघि हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएको छ । २०३० साल वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट हराएकाे पञ्चमुख भएका शिवकाे मूर्ति आज शुक्रवार बिहान शुभ साइतसँगै वैदिक विधिपूर्वक मन्दिरमा पुनः प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयाे ।

बाइसे चौबीसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरबारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पञ्चेबाजा बजाएर शुभ साइतमा मूर्ति पुनः प्रतिस्थापन गरिएको पण्डित केशवराज आचार्यले बताउनुभयाे ।

सन्धिखर्क नगरपालिका–९ मा रहेकाे अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा पहिले धेरै देवी देवताका मूर्ति थिए । ५१ वर्ष अगाडि मन्दिर फोडेर बहुमूल्य धातुका धेरै मूर्ति चाेरी भएकाे थियाे । मूर्ति हराएपछि खोजी गर्दै जाँदा मुद्दा चलेको थियो । पुनरावेदन अदालत तत्कालीन अञ्चल अदालतमा हराएको मध्येको एक वटा मूर्ति रहेको भन्ने जानकारी प्राप्त भएपछि स्थानीय बुढापाकालाई बुझ्दा पञ्चमुख भएको मूर्ति मन्दिरमा रहेकाे र त्याे मूर्ति पनि हराएको थियो भन्ने जानकारी प्राप्त भएपछि आज शुभ साइतमा प्रतिस्थापन गरिएको अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुसालले बताउनुभयाे । मुद्दाको समयमा त्याे मूर्ति अनुसन्धानको सिलसिलामा लगिएको हुन सक्ने र झन्डै चार सय वर्ष पुरानो हुन सक्ने अनुमान छ ।

दशैँमा विशेष पूजाआजा हुने अर्घा भगवती मन्दिरमा देवी भागवत, वेद पाठ पारायण तथा दुर्गा सप्तशती पाठ पनि हुने पण्डित केशवराज आचार्य बताउनुहुन्छ । यसत्ै कोजाग्रत पूर्णिमाका दिन सराये नाच हुने गर्दछ । अर्घाको सराये नाच देशभर प्रसिद्ध छ ।

अहिले अर्घा मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवतीकाे मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरमा १० फिटको बेसमा २१ फिटको मूर्ति राखिएको छ । लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान एसियाकै सबैभन्दा ठूलो भगवतीको मूर्ति स्थापना गरिएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक ३, २०८० १७:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट