May 13, 2024 | सोमवार, बैशाख ३१, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

पाँच महिनामा दोस्रो पटक चीन भ्रमण गर्दै उपप्रधानमन्त्री श्रेष्ठ, खास कारण के छ त ?

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १७:१२
पाँच महिनामा दोस्रो पटक चीन भ्रमण गर्दै उपप्रधानमन्त्री श्रेष्ठ, खास कारण के छ त ?

गत अक्टोबरमा चीनमा भएको तेस्रो बेल्ट एण्ड रोड फोरममा पुगेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ फेरी चीनको नयाँ भ्रमणमा जाने भएका छन् ।

उनिको चिन भ्रमण गत ५ महिना भित्र २ पटक हुन्छ । सरकारी स्तरबाट गरिएको यस प्रकारको लगातार भ्रमणलाई सबैले चासोको रुपमा लिएका छन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको यो भ्रमणमा बीआरआई कार्यान्वयनका लागि केहि ठोस सम्झौता हुने बताइएको छ । नेपाल र चीनले सन् २०१७ मा नै बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको भए पनि हालसम्म परियोजना विकासमा महत्त्वपूर्ण निर्णय लिन सकेका छैनन्। बेइजिङमा तेस्रो बेल्ट एन्ड रोड फोरमको सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले प्रमुख परियोजनाहरूबाहेक ‘साना तथा व्यावहारिक’ जनजीविकासम्बन्धी कार्यक्रममा पनि बीआरआईअन्तर्गत लगानी गर्ने घोषणा गरेका थिए । राष्ट्रपति सीले चीनले १,००० वटा त्यस्तो सानो स्तरका जनजीविकासम्बन्धी कार्यक्रम गर्ने बताइरहँदा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा नेपालले लाभ लिन सक्ने बताइएको थियो ।

हाल अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाताहरुले पश्चिमा देशहरू र छिमेकी भारतबाट आएका दबावका कारण नेपालमा बीआरआई अघि बढ्न नसकेको बताउने गरेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० १७:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट