sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

क्रिकेटमा नेपालले यूएईलाई ५ विकेटले हरायो

  • साझा परिवेश
  • सोमवार, कार्तिक ६, २०८० १६:४७
क्रिकेटमा नेपालले यूएईलाई ५ विकेटले हरायो

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार चौथो जित निकालेको छ । शृङ्खलाअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हरायो ।

यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । उनी ५० बलमा ६२ रन बनाएर आउट भए ।

यस्तै कप्तान रोहित पौडेलले ४७ र दीपेन्द्रसिंह ऐरीले १५ बलमा नटआउट ४० रन बनाए । बलिङतर्फ यूएईका मुहम्मद जवदुल्लाहले २ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो । यूएईका बसिर अहमद र वृत्य अरविन्दले समान ४५ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अविनाश बोहोराले २र२ तथा गुलसन झा र करण केसीले १र१ विकेट लिए ।

नेपाल समूह चरणको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो । यस्तै नेपालले हङकङलाई दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो ।

अब शृङ्खलाअन्तर्गत समूहको अन्तिम खेलमा पर्सि बुधवार हङकङ र यूएईबीच खेल हुनेछ । यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ । फाइनल खेल आउँदो शुक्रवार हुनेछ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक ६, २०८० १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid