May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि आइतवार अन्तर्वार्ता

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:१५
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि आइतवार अन्तर्वार्ता

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पर्सि आइतवार अन्तर्वार्ता हुने भएको छ ।

छनोट तथा सिफारिस समितिले यसअघि प्रतिस्पर्धामा छनोट भएका १४ जना उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते आइतवार लिन लागेको हो ।

प्रतिस्पर्धीहरुसँग विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारहरुलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ । त्रिविको नयाँ उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्ट लिष्टमा परेका थिए ।

प्रतिस्पर्धामा छनोट भएका १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण भैसकेको छ । अब आइतवार अन्तर्वार्ता सकिएपछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । कुलपतिले तीन जनामध्ये एकजनालाई नयाँ उपकुलपतिमा नियुक्त गर्नेछन् ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन ४, २०८० १0:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।