May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

व्यवस्थामाथि प्रश्न उठाउने अधिकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई छैन : माधवकुमार नेपाल

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:११
व्यवस्थामाथि प्रश्न उठाउने अधिकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई छैन : माधवकुमार नेपाल
  •  ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन माधवकुमार नेपालको चेतावनी
  • अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न अनुरोध 
  • राम्रो काम गर्न नसकेको भनेर पीडा भएको भए विकल्प दिन आग्रह

काठमाडौं ।।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई व्यवस्थाप्रति प्रश्न नउठाउन चेतावनी दिएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा उनले पूर्वराजा ज्ञानेन्द्रको नाम नलिई अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्न चेतावनी दिए । “अँध्यारो युगमा नेपाललाई फर्काउने कुरा नसोच्नुस् । कुनै वंशको शासनलाई अगाडि सारेर देशको समस्या समाधान होला भन्ने कल्पना नगरौँ,” उनले भने । प्रधानमन्त्री र मन्त्रीले राम्रो काम गर्न नसकेको भनेर पीडा भएको भए विकल्प दिन नेता नेपालले आग्रह गरे ।

“देशको सञ्चालन गर्ने कुरामा प्रधानमन्त्री भएको ठाउँमा रहेका व्यक्तिहरू र मन्त्रिमण्डलले राम्ररी काम गरेन भन्ने कुरामा पीडा भएको हो ? यदि, प्रधानमन्त्री र राज्य सञ्चालनमा पीडा भएको हो भने आउनुुस् राजनीतिमा, विकल्प दिनुस् । राजनीतिमा विकल्प दिएर जनतामा आशा जगाउनुस्,” उनले भने । नभए व्यवस्थामाथि प्रश्न उठाउने अधिकार नरहेको उनको भनाइ छ । “व्यवस्थामाथि आँच आउने गरी प्रश्न उठाउने अधिकार तपाईंलाई छैन । हामीले भोगिसकेका छौँ, खुट्टी पनि देखिसकेका छौँ,” उनले भने ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।