काठमाडौं ।।
आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर फिल्डिङमा आएको नेपालले १०औँ ओभरको अन्तिम बलमा तेस्रो विकेट लिएको हो । यूएईका आसिफ खानलाई सन्दीप लामिछानेले एलबीडब्लू धरापमा पारे ।
जारी खेलको १० ओभर समाप्त हुँदा यूएईले तीन विकेट गुमाएर ६२ रन बनाएको छ । आजको खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् । प्रतियोगितामा नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल आएका हुन् ।