May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

भीषण आगलागी, २७ जनाको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १७, २०८० १५:३५
भीषण आगलागी, २७ जनाको मृत्यु
  • भीषण आगलागीले २७ जनाको मृत्यु
  • के कारणले आगलागी भयो भन्ने अनुसन्धान हुँदै 

तेहरान ।।

उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँको न्यायपालिकाले जनाएको छ । “लंगारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ जनालाई अस्पताल पुर्‍याइएको छ,” तेहरानबाट उत्तरमा गिलान प्रान्तको लंगारुड सहरको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबाइटले प्रान्तीय मुख्यन्यायाधीश इस्माइल सादेघीलाई उद्धृत गर्दै भनेको छ । आगलागीको कारण तत्काल थाहा नभए पनि सादेघीले अनुसन्धान जारी रहेको बताए । केन्द्रमा ४० जनासम्म अटाउन सक्ने मिजानले बताएको छ ।

स्थानीय आईएसएनए समाचार एजेन्सीले आगलागीको फुटेज सार्वजनिक गरेको छ जसमा रातिको समयमा आगोले आकाश उज्याले भएको र धुवाँको मुस्लो देखिन्छ । अन्य तस्बिरमा आगो निभाएपछि व्यापक क्षति भएका स्थलहरू देखाइएको छ । अगस्टमा तेहरानको ग्र्यान्ड बजारमा आगलागी हुँदा कयौँ पसल जले पनि कुनै मानवीय क्षति भएको थिएन । त्यस्तै सन् २०१७ जनवरीमा तेहरानमा १५ तलाको प्लास्को सपिङ सेन्टरमा आगलागी हुँदा १६ अग्निशमनकर्तासहित कम्तीमा २२ जनाको मृत्यु भएको थियो ।

 

  • साझा परिवेश
  • -