May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

गृहमन्त्री रबि लामिछानेको कांग्रेसलाई चुनौती : सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउनुस

  • साझा परिवेश
  • आइतवार, चैत्र ११, २०८० 0९:0५
गृहमन्त्री  रबि लामिछानेको कांग्रेसलाई चुनौती : सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउनुस

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र त्यसको नेतृत्वलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लामिछानेले सुर्यदर्शन सहकारी प्रकरणबारे आफू सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् ।

उनले कांग्रेस नेताहरूले भनेको दिन, स्थान र समयमा सार्वजनिक बहस गर्न तयार रहेको समेत बताएका छन् । गृहमन्त्री लामिछानेले भनेका छन् : ‘तपाईंहरुले भनेको दिन, स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौँ। त्यो बहस काठमाडौँ–४ मा भए राम्रो। म एक्लै आउँछु, तपाईं आफ्ना विज्ञ, पार्टीका सम्पूर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पूर्ण प्रमाण बोकेर आउनुहोला।’

लामिछानेले यो बहस लाइभ गरेर सिंगो देशलाई देखाउनुपर्ने समेत बताएका छन् । उनले भनेका छन्-ः ‘सारा देशका अगाडी तपाईंहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नुहोला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदातामाथि न्याय गर्नैपर्छ। जवाफ दिनैपर्छ। मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै, केही लेख्न बोल्न पर्दैन। दायाँ बायाँ केही कुरा नगर्नुहोला। वस्, तपाईं मलाई यत्ति मात्र भन्नुस्, म कहिले कहाँ तपाईंका आरोपहरुको जवाफ दिन आउँ ?’

गृहमन्त्री लामिछानेले कांग्रेसले आफूमाथि कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको बताउँदै आफूले त्यसको जवाफ सदनमा उभिएर दिन चाहेको तर प्रधानमन्त्रीसँग जवाफ मागिएको बताएका छन् । उनले प्रधानमन्त्रीको जवाफ पाएपछि कांग्रेसलाई संसदीय समिति चाहिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सुर्यदर्शन सहकारीको मुद्दामा आफू प्रतिवादी भएको जानकारी समेत नभएको बताएका छन् । उनले भनेका छन् – ‘सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हुँ, न त्यहाँको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला ??’

लामिछानेले प्रमाण भेटिँदा बालकृष्ण खाँणलाई घरबाट टिपेर लैजाने कांग्रेसले प्रमाण पाएको भए आफूलाई पनि नछाड्ने बताएका छन् । कांग्रेसले पछिल्ला दिन सुर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएको भन्दै संसद्‌मा उनको राजीनामा माग्दै आएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ११, २०८० 0९:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट