November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

जाजरकोटमा ३ दिनपछि नै बस्ती निर्माण सुरु गर्ने

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १४:0३
जाजरकोटमा ३ दिनपछि नै बस्ती निर्माण सुरु गर्ने
  • जाजरकोट भुकम्पपछिको उद्धारको काम सकियो 
  • राहत र पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने
  • ‘विपदका लागि चाहिने आवश्यक सामग्रीहरु ७७ जिल्लामै राख्ने गरी काम गरौं : प्रचण्ड

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भुकम्पपछिको उद्धारको काम सकिएको बताएका छन् । अब राहत र पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने सोच रहेको उल्लेख गरेका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ भने धेरै घरहरु पनि भत्केका छन् । आइतबार जाजरकोट भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३ औं बैठकमा प्रधानमन्त्री प्रचण्डले विपदपछिको उद्दार, राहत र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्ने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डका अनुसार अबको तीन दिन राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरिनेछ । राहतको काम प्रभावकारी बनाएपछि पुनर्स्थापना प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि आवश्यक कानुन बनाउने र संरचना सुधार गर्ने बताएका छन् ।‘भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्मिाणको काम प्रभावकारी देखिएको छैन’, बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘समयतालिका अनुसार विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गरौं र आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौं ।’ २०७२ सालको भूकम्पको बेला गरेको कामबाट पाठ सिकेर अगाडि बढिने पनि प्रचण्डले बताए । पुनर्निर्माण सुरु गर्नु अगाडि भूगोलको अध्ययन गरेर एकीकृत बस्ती निर्माणको योजना बनाउने पनि उनको भनाइ छ ।

‘कुन भूगोल भूकम्पमा बढी क्षति हुने खालको छ, कुन कम क्षति हुने भूगोल छ, त्यसको अध्ययन गरेर अगाडि बढ्ने, त्यससम्बन्धी विज्ञता र जनचेतना पनि चाहिन्छ ।’ प्रधानमन्त्रीले भनेका छन्, ‘यसपटक सबैतिर भौगोलिक अध्ययन गर्ने र त्यसका आधारमा बस्ती बसाल्नेतिर सोच्नुपर्छ ।’ प्रधानमन्त्रीले राहत र पुनर्स्थापनाको काम एकद्वार प्रणालीबाट गर्ने पनि बताएका छन् । ‘जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन । राहतमा हुने दुरुपयोग रोक्छौं । केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौं’, उनले भने । त्यस्तै ७७ वटै जिल्लामा विपदको पूर्वतयारी गर्ने गरी अगाडि बढ्ने पनि प्रचण्डले बताए । ‘विपदका लागि चाहिने आवश्यक सामग्रीहरु ७७ जिल्लामै राख्ने गरी काम गरौं । अहिलेदेखि नै ती सामग्री स्टोर गरेर राखौं’, प्रधानमन्त्री प्रचण्डले भने ।

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्