sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

छोरा बिदेशमा, बुहारी, नाती र नातिनीलाई भूकम्पले लग्यो बचाउन सकिन…..

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १६:२९
छोरा बिदेशमा, बुहारी, नाती र नातिनीलाई भूकम्पले लग्यो बचाउन सकिन…..
  • ६० वर्षकी सरस्वती जैसी सुत्थिन् 
  • घरको पल्लो कोठामा ३० वर्षकी बुहारी, नातिनी र नाती सुत्थे
  • हेर्दाहेर्दै घरको भित्ता खसेर सबैलाई लग्यो 
  •  छोराहरु भारतबाट आउंदै 

रुकुम पश्चिम ।।

शुक्रबार बेलुकी खाना खाएर रुकुम आठबिसकोट नगरपालिका –१४ छेपारेकी ६० वर्षकी सरस्वती जैसी विस्तारामा गइन् । साथमा थिइन्, ६ वर्षकी नातिनी भगवती जैसी । घरको पल्लो कोठामा ३० वर्षकी बुहारी अमृता जैसीसँग एक नातिनी र एक नाती थिए । राति ११: ४७ मा बसेको घर एकाएक हल्लियो । ठूलो गर्जनसहित भित्ताहरु भत्किन थाले । ‘निदाएकै बेला घरको भित्ता हामी माथि खस्यो’ उनले भनिन्, ‘सबै चिज एकाएक भयो, हेर्दाहेर्दै म र नातीमाथि भित्ता खसेर बजारियो ।’ सुरुमा त के भएको हो सरस्वतीले भेउ पाउनै सकिनन् । जब सम्हालिइन्, घर पुरै भत्किसकेको थियो । आफूसँगै निदाएकी नातिनी घरको भित्ताले पुरिएकी थिइन् । ‘मेरो टाउको बाहेक सबै शरीर माटोले पुरिएको थियो’ उनले भनिन्, ‘चिच्याएर रुने बाहेक केही गर्न सकिन ।’

भूकम्प गएको आधा घण्टापछि उनी चिच्याएको सुनेर छिमेकीका दुई जना आएर उद्दार गरे । आफ्नो उद्धार भएलगतै उनी बुहारी र नाती-नातिनीको खोजीमा लागिन् । ‘जिउँदै छे कि भनेर ढुंगा माटो पन्छाएर हेरेँ’ उनले भनिन्, ‘तर उनीहरुले सास छोडिसकेका रहेछन् ।’ आफैंसँग सुतेकी नातिनीको लास देखेपछि चाहिँ उनलाई आफू पनि मरे झैं लाग्यो । ‘सबै कुरा यति छिटो भयो कि सँगै सुतेकी नातिनीलाई पनि बचाउन सकिन’ उनी भत्किएको घर हेर्दै टोलाई रहन्छिन् ।

बुहारी र नाती-नातिनी त बिते । उनीहरुको काजकिरिया गरिदिने पनि कोही भएनन् । दुईवटै छोरा भारतमै भएकाले दाहसंस्कार गर्न समस्या छ । भूकम्पमा मृत्यु भएकाहरु सरस्वतीको जेठो छोराको परिवार हो । शवको पोष्टमार्टमपछि उनका साइला जेठाजु दाहसंस्कारका लागि तयार भए । प्रितु जैशीले नै शनिबार बेलुकी गाउँ छेउमा बग्ने भेरी नदीमा चार जनालाई दागबत्ती दिए । अहिले सरस्वती गाउँकै नवज्योति आधारभूत विद्यालयमा किरिया बसिरहेकी छन् । भन्छिन्, ‘जे हुनु भइगयो, संस्कार त पूरा गर्नु पर्‍यो नि !’ भारतमा भएका छोराहरु फर्किँदैछन् । ‘उसले आफ्नो जहान र छोराछोरी बितेको खबर पाएको छ’ उनले आफ्नो पीडा पोखिन्, ‘बाटोमा छ रे, आउँदै होला ।’उनलाई चिन्ता छ, ‘छोरा फर्किएपछि के पो जवाफ दिने होला ?’

 

 

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid