April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

तिहारको तेस्रो दिन आज गाई तिहार

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० 0८:४६
तिहारको तेस्रो दिन आज गाई तिहार

तिहारको तेस्रो दिन आज गाईपूजा गरिँदैछ । कात्तिक कृष्ण औंसीको दिन गाई तिहार मनाईंदैछ । हिन्दूहरुले परापूर्वकालदेखि नै गाईलाई पवित्र मानेर पूजाआजा गर्दै आएका छन् ।

गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । आजको दिनलाई गाई तिहार पनि भनिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर, आँगन लिपपोत गर्ने, गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठामा पवित्र तुल्याउने चलन छ । गाईलाई पशुधनका रुपमा पनि लिइन्छ । गाईको पूजा गर्नाले आमाजस्तै माया प्राप्त हुने शास्त्रीय मान्यता छ ।

गाईलाई माताको रुपमा पनि लिइन्छ । गाईको दूध मानव स्वास्थ्यका लागि निकै लाभदायक प्रमाणित भएको छ । हिजो लक्ष्मी पूजाका दिन भैलो खेलिएको थियो । आज बेलुकीबाट द्यौसी खेलिन्छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २७, २०८० 0८:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।