May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

दक्षिण भारतीय अभिनेत्री अमला पलले गरिन् बिहे

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:४६
दक्षिण भारतीय अभिनेत्री अमला पलले गरिन् बिहे

दक्षिण भारतीय अभिनेत्री अमला पलले विवाह गरेकी छन्।

आइतबार उनले जगत देसाइसँग विवाह गरेकी हुन्। अमला र जगत लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहपछि उनीहरू दुवैले इन्स्टाग्राममार्फत केही तस्बिर सार्वजनिक गरेका छन्।

‘एकसाथ मायाको उत्सव मनाउँदै! हामीले तपाईहरूको माया र आशीर्वादको अपेक्षा गरेका छौं,’ अभिनेत्री अमलाले लेखेकी छन्।

अमलाले सन् २०१४ मा दक्षिण भारतीय निर्देशक एएल विजयसँग विवाह गरेकी थिइन्। उनीहरूले सन् २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए।

अमलाले मलयालम फिल्म ‘निलथमरा’ बाट डेब्यू गरेकी थिइन्। उनले मलयालम, तमिल र तेलुगू गरी ४० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्। साथै उनले बलिउड फिल्म ‘भोला’ मा समेत अभिनय गरिसकेकी छन्।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० 0९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।