April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश 

प्रमुख दलका शीर्ष नेताहरू मिलेर लोकतन्त्र बचाउँदै

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १७:0८
प्रमुख दलका शीर्ष नेताहरू मिलेर लोकतन्त्र बचाउँदै
  • गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने
  • दलका शीर्ष नेताहरू लोकतन्त्रप्रति प्रतिबद्ध
  • बैठकबाट आर्थिक स्थितिको चित्रण गरेर कसरी अघि बढ्ने निष्कर्षमा पुगिने

काठमाडौं ।।

शान्ति सम्झौतामा हस्ताक्षर गर्ने प्रमुख दलका शीर्ष नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने निष्कर्षमा पुगेका छन् । आज सिंहदरबारमा बसेको बैठकपछि नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले शीर्ष नेताहरू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताइन् । विभिन्न कोणबाट देखा परेका प्रहारको मिलेर प्रतिवाद गरिने निष्कर्षमा पुगिएको उनले बताइन् ।

“दलका शीर्ष नेताहरूले लोकतन्त्रको प्रतिबद्ध भएको, यदाकदा छिटफुट पानीका फोकाजस्ता विभिन्न कोणबाट देखा परेका, पर्न खोजका प्रहारको मिलेर प्रतिवाद गर्ने भन्ने सबैको अभिव्यक्तिबाट निष्कर्षमा पुगेका छौँ,” उनले भनिन् ।भुसालले जीवनभर लडेका नेताहरू व्यवस्थाको रक्षा र विकास गर्ने कुराम प्रतिबद्ध रहेको बताइन् । उनले छिट्टै प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले आर्थिक भेलाको आयोजन गर्ने पनि बताइन् । बैठकबाट आर्थिक स्थितिको चित्रण गरेर कसरी अघि बढ्ने निष्कर्षमा पुगिने उनको भनाइ छ ।

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्