April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

तिहारले बढायो सुनचाँदीको कारोबार

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:३६
तिहारले बढायो सुनचाँदीको कारोबार

काठमाडौँ । तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुईरतीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिए ।

आर्थिक मन्दी र मूल्य बढेका कारण विगतका वर्ष सुनचाँदीको कारोबारमा ३० प्रतिशतले गिरावट आएको उनले जानकारी दिए । तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको व्यवसायीको भनाइ छ । तिहार आउनै लाग्दा धनतेरस र लक्ष्मीपूजाको दिन झनै सुनचाँदीको कारोबार बढ्छ ।

गत वर्ष २५ देखि ३० किलो सुनको कारोबार हुने गरेकामा हाल आर्थिक मन्दीका कारण समग्र व्यापारमा गिरावट आएको उहाँको भनाइ छ । तिहार नजिकिँदै गर्दा न्युरोडका सुनचाँदी पसलमा सामान खरिद गर्ने ग्राहकको भिडभाड लाग्ने गरेको छ ।

उपभोक्ताले धनतेरस र लक्ष्मीपूजामा सुनचाँदी जोडेमा वर्षभरि धन आर्जन हुने विश्वास राख्छन् । चाडपर्वको समयमा सुनसँगै चाँदीको समेत कारोबार बढ्छ ।

तिहारलाई सुनभन्दा चाँदी धेरै खपत हुने चाडका रूपमा लिइन्छ । यो समयमा उपभोक्ताले पूजाआजाका लागि चाँदीको सामग्री किन्ने गर्छन् । सोही कारण पछिल्लो समय दैनिक छ सय किलो धेरै चाँदी बिक्न थालेको महासङ्घको भनाइ छ । बजारमा सुनको मूल्य प्रतितोला एक लाख १४ हजार रुपियाँ रहेको छ ।

गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएको थियो । गत कात्तिक १२ मा प्रतितोला एक लाख १७ हजार रुपियाँ पुगेको सुनको मूल्य गत सातादेखि क्रमिक रूपमा घट्दै गएको छ । यस्तै चाँदी प्रतितोला एक हजार ३८५ रुपियाँ रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक २३, २०८० 0८:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट