May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

कोशी प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० 0९:५८
कोशी प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो

विराटनगर। कोशी प्रदेशका निजी डेरी उद्योगले दूधको उपभोक्ता मूल्य घटाउने निर्णय गरेका छन्।डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्।

कोशी प्रदेश डेरी उद्योग संघको बिहीबार बसेको बैठकले दूधको मूल्य घटाउने निर्णय गरेको हो।कोशी प्रदेशमा दूधको अधिक उत्पादन भएका कारण केही महिनायता किसानहरुले मिल्क होली डेको सामना गर्दै आएका छन्।डेरी उद्योगहरुले मिल्क होली डे को अवस्था आउन नदिन अधिकतम प्रयत्न गरेको भए पनि उत्पादन अनुसार दूधको बिक्री बढाउन नसक्दा उपभोक्ता मूल्य घटाउने निर्णय गरेका हुन्।

दूधको मूल्य घटेसँगै दूधबाट बनेको वस्तुको मूल्य पनि घट्ने भएकोले संघले विभिन्न वस्तुको मूल्य घटाएर निर्धारण गरेको छ। कोशी प्रदेशका ठूला विभिन्न ८ वटा डेरी उद्योगहरु आवद्ध संघको बैठक बसेको थियो।उक्त बैठकले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न भन्दै दूधको मूल्य घटाउने निर्णय गरेको थियो।घटेको नयाँ मूल्य कात्तिक २६ गते आइतबारबाट लागु गर्ने संघले जनाएको छ।

घटाएको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर दूध आधा लिटरको पाउच ४५ रुपियाँमा पाउनेछन्।लो फ्याट मिल्क आधा लिटरको ३५, दही २०० मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८०० रुपियाँमा पाउने भएका छन्।

आइतबारदेखि नयाँ मूल्य अनुसार वस्तु बिक्री गर्ने रितिका डेरी उद्योग प्रालिका संचालक योगेन्द्र चिमरियाले जानकारी दिनुभयो।कोशी प्रदेशमा दूधको उत्पादन बढेपछि दूध व्यवसायीहरुले नयाँ बजारको रुपमा बंगलादेश निर्यातको सम्भावना खोजी गरिरहेका छन्।तर, अहिलेसम्म बंगलादेश निर्यातको टुंगो लाग्न भने नसकेको उद्योगीहरुले जानकारी दिए।

कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दूध मध्ये एक लाख ५० हजार लिटर दूध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो।तर, अहिले औपचारिक क्षेत्रमा झण्डै दुई लाख ५० हजार लिटर भन्दा बढी दूध संकलन भइरहेको डेरी उद्योगहरु बताउँछन्।कोशी प्रदेशमा दूध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर दुई रुपियाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीकले बताउनुभयो।

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० 0९:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्