sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘कालो चस्मा लाउ है मैया’ नयाँ संस्करणमा सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १0:४५
‘कालो चस्मा लाउ है मैया’  नयाँ संस्करणमा सार्वजनिक

काठमाडौँ ।
चर्चित गीत ‘कालो चस्मा लाउ है मैया’ को नयाँ संस्करण (भर्सन) सार्वजनिक गरिएको छ । नेपाली चलचित्र ‘बादलपारी’ मा समावेश उक्त गीतलाई नयाँ संस्करमा निर्देशक दीपक श्रेष्ठले तयार गरेका हुन् । उनले आफ्नो प्रेम कथानक चलचित्र ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेर नयाँ संस्करण सार्वजनिक गरेका हुन् ।

सुरेन्द्र राणाद्वारा लिखित गीतमा सङ्गीतकार शम्भुजित बाँस्कोटाले नै पुनः सङ्गीत सिर्जना गरेका छन् । निर्देशक श्रेष्ठले पुराना लोकप्रिय गीतलाई नयाँ पुस्तासम्म ल्याउन रीमेक गरिएको बताए । ‘मेरो चलचित्रमा प्रेम कथा भएकाले गीत सुहाउँदो पाएँ । लोकप्रिय गीतलाई चलचित्रको माध्यमले नयाँ पुस्तासम्म ल्याउने प्रयास गरेको हुँ’, निर्देशक श्रेष्ठले भने ।

यसै चलचित्रमार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले अभिनयमा डेब्यु गर्दैछन् । ‘बाल्यकालमा उक्त गीतमा धेरै पटक नृत्य गरें । अहिले अभिनय यात्राको सुरुआतमा पनि यही गीतमा प्रस्तुत हुने मौका पाएँ, निकै खुसी छु’, अभिनेत्री बुढाथोकीले भनिन् । उनले स्कुलमा उक्त गीतमा नृत्य गरेको स्मरण गरिन् ।
सार्वजनिक गीत ‘कालो चस्मा’ चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत हो । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
पाटन र भक्तपुर दरबार स्क्वाएरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् । निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए ।
‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’, निर्देशक श्रेष्ठले भने ।
रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । चलचित्र काठमाडौँ उपत्यकामा रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

गीत लिंक ः

  • साझा परिवेश
  • आइतवार, कार्तिक २६, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid